१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रेरणा र अमनले जिते उपाधि

पोखरा - अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन(आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणा कोइरालालउपाधि जितेकी छन्। कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाइनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन्।

यसै गरी पुरुषतर्फ भारतीय खेलाडी अमन दहियाले आफ्नै देशका जम्सिन सिधानालाई सोझो सेटमा पराजित गरे। दहियाले ६–४, ६–१ को सेटमा पराजित गर्दै सर्किट २ को उपाधि आफ्नो नाममा लेखाउँदै ३० अंक जोडे। अघिल्लो शनिबार आयोजित प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। नेपाली १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ४ फाल्गुन २०७६ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App