१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिरहा काँग्रेसमा देउवा प्यानल विजयी

काँग्रेस सिरहा सभापतिमा विजयी रामचन्द्र यादव

सिरहा–नेपाली काँग्रेस सिरहाको १३ औं जिल्ला अधिवेशनमा रामचन्द्र यादवको प्यानल विजयी भएका छन्। शनिकार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रामनरेश यादवलाई पराजित गर्दै सभापतिमा रामचन्द्र प्यानलसहित विजयी भएका छन्।

सभापतिमा रामचन्द्रले ५ सय ६९ मत ल्याएर विजयी भएका छन्। रामनरेशले ३ सय ६१ मत प्राप्त गरेका छन्। सचिवमा रामचन्द्र प्यानलकै उपेन्द्र यादवले ५ सय ५८ मत प्राप्त गरी विजयी भएका छन्। कोषाध्यक्षमा रामचन्द्र प्यानलका सूर्यनाथ मण्डलले ४ सय ८९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ। यो निर्वाचनमा कुल ९ सय ७६ मत खसेको थियो।

शेरबहादुर देउवा पक्षका रामचन्द्रको प्रतिस्प्रधी रामचन्द्र पौडेल पक्षका रामनरेश यादव थिए। रामचन्द्रले काँग्रेस नेत्री चित्रलेखा यादवबाट ‘ब्याकअप’ पाएको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । रामनरेशलाई शान्तिमन्त्री सितादेवी यादवले ‘ब्याकअप’ दिएकी थिइन ।’

पहिलो चरणको निर्वाचनमा देउवा पक्षबाट दुईजना रामचन्द्र यादव र रामसुन्दर चौधरी सभापतिका उम्मेदवार थिए भने पौडेल पक्षका रामनरेश यादव । पहिलो चरणमा रामचन्द्रलाई ४ सय ४२, रामनरेशलाई ३ सय २७ र रामशुन्दरलाई १सय ४२ मत प्राप्त भएको थियो।
 

प्रकाशित: १७ पुस २०७३ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App