१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विद्यालयमा खाना बनाएर बेच्दा

इमोनिका राई,
कक्षा–७,
गोल्डेन पिकहाइ स्कूल सरस्वतीनगर, चावहिल, काठमाडाैँ ।   

हामी हाम्रो सेफ टोपी, मास्क, पञ्जा र एप्रोन लगाएर खानेकुरा पकाउन तयार भयौं। हामीलाई हाम्रा शिक्षक सागर बस्नेत र राजेन्द्र गैरेहरूले समूहमा विभाजन गरी आआफ्नो स्टल तयार गर्न लगाउनुभयो। विद्यालयको मैदानमा टेन्ट लगाइएको थियो। एकापट्टि शेर्पा समुदायका खानाहरू ४ र ५ कक्षाले पकाउन तयारी हुँदै थिए भने अर्कोपट्टि हामी नेपाली, भारतीय र युरोपियन खाना बनाउन लागेका थियौं। म सेलरोटी पकाउने समूहमा थिए।

मैले सेल रोटीका लागि चामल भिजाउनेदेखि पिन्न लान पनि सहयोग गरेकी थिएँ। हामीलाई सहयोग गर्न हाम्रो साथी दियाकी ममी बत्ती आन्टी र कक्षा १० मा पढ्ने मार्गी बजगाई दिदीकी ममी आस्था आन्टी आउनुभएको थियो। हामीले आन्टीहरूको सहयोगमा कक्षामा सिकेअनुसार पीठो मुछ्यौं। ताईमा तेल तताएर सेल हाल्न थाल्यौं। तर, हाम्रो रोटी राम्रो भएन। त्यसैले आन्टीहरूले रोटी पकाउन थाल्नुभयो। उहाँहरूले लगाएको देखेर हामीले सिक्यौ। म र मेरा साथीहरूले पालैपालो सेल रोटी घुमायौं। हामीले बनाएका सेल रोटी अति हाँसउठ्दो थियो। सेल रोटी धेरै मिठो भएकोले अभिभावकहरूको माग धेरै आयो। आधा घण्टासम्म  पर्खेर  खानु पर्दा कोही त रिसाउनु पनि भयो।

युकेका साथीहरूले पठाइदिएको रेसिपी पढेर र युटयूबमा खोजेर सेफर्डस पाई, भिक्टोरिया स्पोन्ज केक, प्यान केक र स्कोनज बनायौं। विदेशी खाना बनाउन बेग्लै खाले भाँडाकुँडा चाहिने रहेछ।

उहाँहरूले सेल मिठो थियो भन्दा साह्रै खुशी लाग्यो। हामीले उहाँहरूलाई अरू परिकार पनि चाख्न दियौं। हाम्रा ८ र ९ कक्षाका दाजुदिदीहरूले काउन्टरमा सेल सकिएको घोषणा गर्दागर्दै पनि सेल सोध्न आइरहनुभयो। हामीले उक्त दिन विदेशी खाना पनि बनाऔं। हामीले अन्तर्राष्ट्रिय साझेदारी विद्यालय युकेका साथीहरूले पठाइदिएको रेसिपी पढेर र युटयूबमा खोजेर सेफर्डस पाई, भिक्टोरिया स्पोन्ज केक, प्यान केक र स्कोनज बनायौं। विदेशी खाना बनाउन बेग्लै खाले भाँडाकुँडा चाहिने रहेछ। हाम्रो विद्यालयले त्यसका लागि भाँडाहरू उपलब्ध गराइदिनुभयो। केकका लागि लाइन लामो थियो तर त्यत्तिखेरै बत्ती गएर बनाउन ढिला भयो।

हामीले खानेकुरा बेच्दा रमाइलो भयो। मैले विदेशी खाना र सेल रोटीमा मुख्य भूमिका खेलेकी थिएँ। कक्षा ४ र ५ का भाइबहिनीहरूले  स्याक्पा, सुज्या, रिल्दुक, रिकुर, रिल्दुक सेन र छम्दुर जस्ता शेर्पा खाना बनाएका थिए। कक्षा ६ र ७ काले विदेशी खाना र नेपाली खाना बनायौं जसमा आलुदम, कोदोको रोटी, भुटेको मकै र समोसा थिए। यो दिन औधी रमाइलो भएको थियो। हामीलाई सागर सरले खानेकुरा बनाउने तरिका र सामाग्रीबारे पढाउनुभएको थियो। हामीले व्रिटिस काउन्सिलः आइएसए प्रोजेक्ट अनुरूप प्रयोगात्मक कक्षाका लागि खाना मेला गरेका थियौं। यसै दिन इन्डियाको स्कूलका साथीहरूले पनि खाना बनाएका थिए अनि हामीले पनि उहाँहरूलाई स्काइपमा भिडियो कन्फ्रेन्समा देखायौं। हामीले युके पार्टनर स्कूलका साथीहरूसँग खाना देखाएरै स्काइप कल गर्‍यौं। मैले केटिएम टीभीमा अन्तर्वार्ता पनि दिएँ। जब मैले त्यो भिडियो हेरें तब म लाजले भुतुक्क भएँ।

कक्षाकोठामा पढेका कुरा आफैले गर्दा झन् छर्लङ्ङ हुँदो रहेछ। आजभोलि ममीले  कहिले विदेशी खाना त कहिले नेपाली खाना बनाऊ,  न चाखौ भन्नुहुन्छ अनि म फुरुङ्ङ हुँदै खाना बनाउन अघि सर्छु।

प्रकाशित: ३ फाल्गुन २०७६ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App