१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बोलेरोको ठक्करले प्रहरीको मृत्यु

बनेपा – प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको बोलेरोको ठक्करबाट मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाका अनुसार भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा१९च १३२३ नम्बरको बोलेरोले अरनिको राजमार्गको साँगा नासिकास्थान मन्दिरस्थित चौकीकै सामुन्ने उनलाई शुक्रबार अपराह्न गुरुङलाई ठक्कर दिएको थियो।

अरनिको राजमार्ग र भित्री सडकमा सवारी व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक विशाल लामासँग छलफल गरेर चौकीमा जाने क्रममा गुरुङलाई तीव्र गतिमा आएको जिपले ठक्कर दिएको लामाले जानकारी दिए। घटनास्थलबाट उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पु¥याउँदा नै गुरुङको निधन भइसकेकाले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। प्रहरीले बोलेरोसहित भक्तपुर–१० का ३१ वर्षीय सवारी चालक विक्रम जाकिबन्जारलाई नियन्त्रणमा लिएको छ।

नवलपरासी त्रिवेणीका गुरुङ २०५१ कात्तिक १ गतेयता प्रहरी सेवामा कार्यरत थिए। सेवाकै क्रममा उनको २०७० जेठ ३१ प्रहरी सहायक निरीक्षक पदमा पछिल्लोपटक बढुवा भएको थियो। संघीय एकाइ प्रहरी कार्यालय बनेपामा दरबन्दी रहेका उनी केही महिनाअघिबाट प्रहरी चौकी साँगामा कार्यरत थिए।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App