१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टेनिस टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं – आइटिएफ वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित सात सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ।

आरभसम्राट हाडा, अकी जुवेन रावत, प्रणव मानन्धर, शुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र इभा अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा कृष्णराज घले छन् । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले सातदोबाटोमा शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरेका थिए। यु–१४ उमेरसमूह यो प्रतियोगिता फेब्रुअरी १७ देखि २२ तारिखसम्म चल्नेछ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App