१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एनएनआइपिए अवार्डलाई एभरेष्ट वर्ल्ड क्लासको साथ

काठमाडौं – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाबीच पाँच वर्षका लागि शुक्रबार प्रायोजन सम्झौता भएको छ।

शुक्रबार संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डका तर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतापत्रअनुसार एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले व्यक्तिगत रूपमा संस्थामार्फत खेलाडी संघलाई वार्षिक १ लाख प्रदान गर्ने जनाइएको छ। संघको वार्षिक कार्यक्रमअनुरूप फागुन ६ गते एनएनपिए स्पोर्ट्स अवार्ड वसन्तपुरमा आयोजना हुँदै छ। प्रतिभावान दुई खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दासँग सम्झौता भएको हो। पहिलोपटक समावेश गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान नगद ५० हजार प्राप्त गर्नेछन्।

सम्झौतापत्र आदानप्रदान पश्चात् एभरेष्ट वर्ल्डका नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रको  लागि रगत पसिना बगाउने खेलाडीको सम्मानका स्वरूप सहयोग गर्न पाउनु खुसीको क्षण भएको प्रतिक्रिया दिए। खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफू खेलाडी जीवन व्यतित गर्दै खेलाडीको हक हितमा लागेका कार्कीले विदेशमा रहेर पनि सहयोग गर्नु सह्रानीय रहेको बताए। वि.सं.२०७५ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा सहभागी खेलका खेलाडी र उत्कृष्ट प्रदर्शन गर्ने १/१ महिला र पुरुष खेलाडीलाई प्रतिभावान् पुरस्कारबाट सम्मान गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए।

फागुन ६ गते हुने एनएनपिए स्पोर्ट्स अवार्डका लागि शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाबीच पाँच वर्षको प्रायोजन सम्झौता भएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App