१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

हिमालयन मनाङ र थ्री स्टारको सुखद अन्त्य

काठमाडौ – साबिकको विजेता मनाङ मर्स्याङ्दी , थ्री स्टार र हिमालयन शेर्पाले शुक्रबार आ–आफ्नो खेलमा जित निकाल्दै यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजिन लिगको अन्त्य गरेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको १३औं चरणको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १–०, थ्री स्टारले च्यासल युथ क्लबलाई २–० र हिमालयन शेर्पाले न्युरोड टिम (एनआरटी)लाई २–१ ले हराउँदै लिगको अन्त्य गरेका हुन्। मनाङको जितमा निशान लिम्बुको गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। बाँकी समयमा दुवै टोलीले गोलका लागि संघर्ष गरे थप गोल हुन सकेन र साबिक विजेता मनाङले साँघुरो जितसहित यस पल्ट सम्भवत् तेस्रो स्थान रहेर लिगको अन्त्य गर्नेछ। मनाङले १३ खेलबाट २८ अंक जोड्दा दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरीसमेत गरेको छ।

मनाङको दोस्रो हुने सम्भावना भने गणितीय मात्र रहेको छ। अन्तिम खेलमा मछिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहनेछ। पराजित जावलाखेलले लिगको १३ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ। यस अघि दिनको पहिलो खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ ले हराउँदै लिगमा सुखद अन्त्य गर्‍यो। एनआरटीले ३१औं मिनेटमा राजेश परियारको गोलबाट लिएको अग्रतालाई कामय राख्न नसक्दा नजिता सुम्पियो। हिमालयन शेर्पाका लागि स्टेफन समिरले ४१औं बराबरी र त्रिदेभ गुरुङले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै हिमालयन शेर्पाको जितका लागि पर्याप्त बन्यो। तेस्रो जित निकाल्दै लिगको समापन गरेको शेर्पाले १०औं स्थानमा रहँदै लिग टुङ्गायो। पराजित एनआरटी १५ अंक जोड्दा तालिकाको नवौं स्थानमा रह्यो।

शुक्रबारकै खेलमा थ्री स्टारले च्यासल युथ क्बलाई २–० ले स्तब्ध बनायो। पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफको अन्तिम २० मिनेटमा दुई गोल गर्‍यो। ७० औं मिनेटमा भारतीय खेलाडी लाल रामार्भाले र इन्जुरी समयमा अनन्त तामाङले एक/एक गोल गरे। जितसँगै थ्री स्टार पनि लिगमा सुखद अन्त्य गर्दै अंकतालिकाको चौथो स्थानमा उक्लिन सफल भयो। थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ भने च्यासलले हारबाट सिजनको अन्त्य गरेको छ। १३ खेलबाट १५ अंक जोडेको च्यासल आठौं स्थानमा रह्यो। शनिबार यस सिजनको अन्तिम खेलबाट उपाधि छिनोफानो हुँदा शीर्ष स्थानको त्रिभुवन आर्मी र दोस्रो स्थानको मच्छिन्द्र क्लबीच प्रतिस्पर्धा हुनेछ।

शनिबार यस सिजनको अन्तिम खेलबाट उपाधि छिनोफानो हुँदा शीर्ष स्थानको त्रिभुवन आर्मी र दोस्रो स्थानको मच्छिन्द्र क्लबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App