१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दोलखाका विभिन्न क्षेत्रमा हिमपात (फोटो फिचर)

दोलखा- दोलखाका विभिन्न स्थानमा हिउँ परेको छ। जिरी आसपासको उच्च पहाडी क्षेत्रमा दिउँसोबाट हिमपात सुरु भएको छ।

जिरी माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो। हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ।
कालिञ्चोकमा शनिबार दिउँसो हिउँ परेको छ। शनिबार दिउँसो  हलुका बर्षात सगैं जिल्लाका कालिञ्चोक सहित जिरी उपत्यकाको माथिल्लो भाग, शैलुङ सहितका डाडाकाडा हिउँले सेताम्मे भएका छन्।

तस्बिर शौजन्य- रविन कार्की /जिल्ला प्रहरी प्रमुख, दोलखा

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App