१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाईते

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

काठमाडौँतर्फ जाँदै गरेको बिआर ०६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।  

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका वडा नं १ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमा नै मृत्यु भएको छ भने स्कुटरमा पछाडि सबार एकजना घाईते भएका छन्। घाइते काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए।
दुर्घटना लगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App