१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माछापुच्छ्रे क्रिकेटको तयारी पूरा

काठमाडौं – शनिबारबाट हुने छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

बिहीबार आयोजक एसएस इभेन्ट्सले पत्रकार सम्मलेन गरेर शनिबारबाट हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ। पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न २३ कर्पाेरेट टोलीले सहभागिता जनाउँदै छन्। आयोजकले सहभागी टोलीलाई ८ समूहमा विभाजन गरी राउन्ड रोबिन प्रणालीमा सञ्चालन गर्ने जनाएको छ। प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। ५ ओभरको खेल रहेको प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ। यस्तै उत्कृष्ट खेलाडीले यमाहाको मोटरसाइकल पुरस्कार पाउनेछन्।

प्रतियोगितामा प्रायोजक माछापुच्छ्रे, सेञ्चुरी बैंक, सिभिल बैंक, एनआईसी एसिया, सनराइज, नबिल, नेपाल राष्ट्र बैंक, कुमारी, मेगा, ग्लोबल आइएमई, कामना सेवा विकास बैंक, प्राइम कमर्सियल बैंक, आइसिएफसी फाइनान्स, गुर्खाज फाइनान्स, एनसेल ए र बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल लाइफ इन्स्योरेन्स र दि काठमान्डु पोस्टले सहभागिता जनाउँदै छन्।

प्रकाशित: २ फाल्गुन २०७६ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App