१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री बास्कोटाको सिजीलाई प्रश्न : 'सरकारले दिएको अनुदानले के गर्नुभयो ?'

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले सिजी टेलिकमका विषयमा छानबिन हुने बताएका छन्। बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बास्कोटाले लिमिटेड मोबिलिटी सर्भिसको ४४ करोड मात्रै तिरेको देखिएको उल्लेख गर्दै सरकारबाट अनुदान लिएर ४१ जिल्लामा सञ्चार सुविधा पुर्‍याए नपुर्‍याएको विषयमा छानबिन गर्नुपर्ने बताए।

मन्त्री बास्कोटाले सिजिलाई प्रश्न गर्दै भने, 'सरकारले ऋण काढीकाढी उहाँहरुलाई अनुदान दिएको हो। तर काम के गर्नुभयो? भिस्याटका उपकरण कहाँ छन्? १०६८ वटा पिसिओहरु बने की बनेनन्। त्यो काम के भयो? त्यो काम चाँही के हुनुपर्ने? गर्छु भनेको काम नगरेपछि हिनामिना भयो की भएन राज्यको सम्पत्ति? तोकिएको काम नगरेमा चाँही अनुदान के हुन्छ? १करोड १८ लाख ६५ हजार डलर के हुने? अब यसमा अध्ययन चाँही त्यसमा हुने हो। कानूनी हिसाबले के हुने हो यसमा हुन्छ।'

सरकारले तत्कालिन समयमा विपदबाट हुने जोखिम वा अन्य कुनै आपतकालिन अवस्थामा सञ्चार सहजता होस् भनेर विश्व बैंकसँग ऋण लिएको प्रशंग उल्लेख गर्दै पूर्वका ४१ जिल्लामा सञ्चार सुविधा पुर्‍याउन सिजी टेलिकम (तत्कालिन एसटीएम) लाई अनुदान दिएको र अहिलेसम्म कति काम भयो भन्ने विषयमा छानबिन हुने बताए। सरकारले आफू धितो बसेर विश्व बैंकबाट ल्याएको १ करोड १८ लाख ६५ हजार डलर अनुदानमा दिएको बताएका हुन्।

बास्कोटाले सिजीसँग २० अर्ब माग्यो भनेर खवर आएको उल्लेख गर्दै आफ्नो घरमा राख्नका लागि पैसा नमागेको बताए। उनले भने, 'मैले मेरो घरमा राख्न मागको होइन। कति साथीहरुले सञ्चार मन्त्रीले २० अर्ब माग्यो भन्नुभयो। मेरो घरमा त्यती पैसा राख्ने ठाउँ छैन। चाँहिदैन पनि।’

बास्कोटाले जुहारी खेल्नुभन्दा पनि प्रकृयामा आए काम हुने र आफूले कुनै आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पारेका छन्।

बास्कोटाले सर्तअनुसार काम नगरी ढोका हुँदाहुँदै झयालबाट छिरेर अगाडी बढेपछि काम नहुने बताए। सबै क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुका लागि सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेको उल्लेख गर्दै बास्कोटाले इमानदार लगानीकर्ताको आवश्यकता रहेको बताए। उनले बार्सिलोनामा सिजी टेलिकम र टर्कसेलबीच सम्झौता हुँदा आफू साँक्षी पनि नबसेको र लाइसेनस दिन्छु भनेर पनि नभनेको स्पट पारे।

 

प्रकाशित: १ फाल्गुन २०७६ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App