१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारकै संरक्षणमा मुलुकमा संस्थागत भ्रष्टाचार भएकोर संवैधानिक व्यवस्थाविपरीत गतिविधि तीव्र बनाएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। पूर्वर्निधारित समयभन्दा साढे ४ घण्टा ढिला गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समितिको बैठकले सरकारका जनविरोधी क्रियाकलापविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।

केपी ओली नेतृत्वमारहेको वर्तमान सरकारले संविधान सभाबाट जारी नयाँ संविधानको मर्मर भावनाविपरीत संसद्मा विधेयक ल्याउन सक्रियरहेको जनाउँदैराजनीतिक पूर्वाग्रहराखी आस्थाका आधारमा फरक दलका नेता कार्यकर्तालाई सुनियोजित रूपमा झुठा मुद्दा लगाउने तथा दमनमा लागेको आरोप लगाएको छ।

पार्टी क्रियाशील सदस्यता बाँड्ने अधिकार भ्रातृ तथा शुभेच्छुक संगठनलाई दिने कि नदिने भन्ने विवादका कारण साढे चार घण्टा ढिला बैठक सुरु गरेको कांग्रेसले नयाँ विधानअनुसार अन्तरिम संरचना समायोजनमा ढिलाइ भएको भन्दै १५ दिन समय थप गरेको छ। माघ मसान्ताभित्र अन्तरिम संरचना समायोजन गरेर सदस्यता वितरणर नवीकरण सुरु गर्नेगरी यसअघि सार्वजनिक गरेको कार्यतालिका संशोधन गर्दै बैठकले फागुन १५ भित्र समायोजन सक्ने सबै तहलाई निर्देशन दिएको छ। बैठकले सदस्यता विवरणर नवीकरणको काम फागुन १६ गतेदेखि चैत मसान्तासम्मको समय निर्धारण गरेको छ।

अन्य कार्यतालिकालाई यथावतराख्दै बैठकले पार्टी विधानको केही धारा निलम्बन गर्ने निर्णय गरेको छ। पार्टीको १४औं महाधिवेशन समयमै सम्पन्न गर्न पार्टी विधानका उक्त धारा बन्धक देखिएको भन्दै बैठकले त्यसलाई निलम्बन गर्ने निर्णय गरेको छ।

प्रकाशित: १ फाल्गुन २०७६ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App