१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

'हात नमिलाऔं, नमस्कार गरौं र कोरोनाबाट बचौं'

काठमाडौँ- हामी हाम्रो लागि अभियान नेपालले लगनखेलमा 'हात नमिलाऔँ र कोरोना जस्ता नव भाइरसबाट बचौं र बचाऔँ' भन्ने कार्यक्रम सम्पन्न आयोजना गरेको छ।

कार्यक्रममा संस्थाका संयोजक कुशल सरोकारले स्वास्थ्य र सरसफाइ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसलाई सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने र नागरिकलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा जानकारी गराउनुपर्ने बताएका छन्।

कोरोना जस्ता भाइरस तथा सरुवा रोगबाट बच्न जनतालाई स्वास्थ रहने वातावरणको सिर्जना गर्न उनले सुझाव दिएका छन्। त्यसैगरी यस हात नमिलाऔँ अभियानका संयोजक नारायण शर्माले हात नमिलाऔँ अभियानका बारेमा चर्चा गरेका थिए। शर्माले हात मिलाउनुको सट्टा नमस्कार गर्दा संस्कृति जगेर्ना हुने र कोरोना भाइरसबाट बच्न सकिने बताएका छन्।

अभियानका सहसंयोजक दानसिंह धामीले समाज तथा देश परिवर्तनका लागि युवाहरू सक्रियतापूर्वक लाग्नुपर्ने बताएका छन्। सामाजिक रूपान्तरणका लागि युवामा नयाँ सोचविकास गरी समाजमा शान्ति, समृद्धि विकास होस् भन्ने संस्थाको उद्देश्य रहेको छ।

प्रकाशित: २९ माघ २०७६ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App