१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बिहीबारबाट पुरुष बास्केटबल

काठमाडौं –  पाँचाैँ यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बिहीबारबाट हुने भएको छ।

नेपाल बास्केटबल संघको आयोजनामा १२ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए। संघले सहभागी टोलीलाई चार समूहमा विभाजन गरी सञ्चालन गर्ने जनाएको छ। प्रत्येक समूहबाट समूहविजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्नेछन्।

आइआइएमएसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ। फागुन ७ गतेसम्म चल्ने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन्।

प्रतियोगिता बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि छनोट आधारका रूपमा समेत रहेको छ।

प्रकाशित: २९ माघ २०७६ ०१:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App