१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कफी सपमा आगलागी : विमानस्थलको सुरक्षा सतर्कतामा प्रश्न

काठमाडौँ-  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कफी सपमा सोमबार राति आगलागी भएको छ। विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ। विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ। सबै प्रकारका सुरक्षा सतर्कता अपनाउनु पर्ने संवेदनशिल क्षेत्रमा भएको आगलागीले यहाँको अवस्थालाई झल्काएको छ।    
    
विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले समयमै आगो नियन्त्रणमा लिइएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए। समयमै आगलागी नियन्त्रणमा लिएर अन्यत्र फैलन नदिए पनि यसले विमानस्थलको विद्युतिय सुरक्षा कस्तो छ भन्ने पनि यसले देखाएकोछ। प्रारम्भिक अनुसन्धानमा विद्युत सर्टका कारण आगलागी भएको भनिएको छ।

आगलागी भए पछि विमानस्थल भित्र रहेका यात्रीलाई बाहिर निकालिएको थियो भने करिव दुई घण्टा उडान रोकिएको थियो।

'कफि सपको आगो धावनमार्गमा पनि सल्किएको भए के हुन्थ्यो', एक सुरक्षा विज्ञले प्रश्न गरे, 'यसले हाम्रो विमानस्थलको विद्युतिय सुरक्षा अवस्थालाई दर्शाउँछ।' विमानस्थल नजिकै रहेको आयल निगमका डिपो र विमानस्थल मै रहने रिफ्युलरसम्म आगो सल्कन सक्ने अवस्था भने समयमै ध्यान पुर्‍याउँदा टरेको ति विज्ञले बताए।

आगलागी भएपछि अवतरणका लागि तयार विमान आकासमै होल्ड गरिएको थियो भने अन्य उडान समेत रोकिएको थियो।


    
 

प्रकाशित: २८ माघ २०७६ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App