१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तरनगर एथलेटिक्स हुने

भक्तपुर - भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि १२ गतेसम्म अन्तरनगर एथलेटिक्स प्रतियोगिता हुने भएको छ। प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सोमबार अन्तरनगर एथलेटिक्स प्रतियोगिता मूल समिति २०७६ को बैठक बस्यो।

बैठकमा नगरप्रमुख सुनील प्रजापतिले अन्तरनगर प्रतियोगिता नगरभित्र रहेका उत्कृष्ट खेलाडी चयन गर्ने राम्रो अवसर भएको बताए। यसले अन्तर्राष्टिय खेलडी उत्पादनमा पनि प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिए। प्रतियोगिता भक्तपुरको सहिद स्मृति खेलमैदानमा हुनेछ। प्रतियोगिताका लागि नगरप्रमुखको  संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो। संयोजक प्रजापतिको अध्यक्षतामा सम्पन्न बैठकमा एक सय २५ सदस्यीय मूल समारोह समितिका सदस्यहरू, १२ उपसमितिका सदस्यहरू, भक्तपुर नगरपालिकाका शाखा प्रमुख उपस्थित हुनुहुन्थ्यो। बैठकमा प्रतियोगितामा सहभागिताका लागि देशभरिका नगरपालिका तथा गाउँपालिकामा पत्राचार भइसकेको जानकारी गराइयो।

एथलेटिक्स खेलाडी कान्छीमैया कोजुले भक्तपुर नपाले आयोजना गर्ने अन्तरनगर एथलेटिक्स प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना हुने जनाइन्। उनले प्रतियोगिताले एथलेटिक्स खेलाडीहरूमा उत्साह थपेको बताइन्। अन्तरनगर एथलेटिक्स प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सचिवालय उपसमिति, निर्णायक उपसमिति, जुरी कमिटी, स्वयम्सेवक उपसमिति, प्रचारप्रसार समिति, पुरस्कार व्यवस्थापन समिति, जलपान समिति, यातायात/बास व्यवस्थापन, र्‍याली व्यवस्थापन, मञ्च तथा ग्राउन्ड व्यवस्थापन, खेलाडी निरीक्षण समिति र प्राथमिक उपचार समितिलगायत गठन गरेको छ।

प्रतियोगितामा फिल्ड इभेन्ट्सअन्तर्गत सटपुट, लङजम्प, ज्याभलिङ थ्रो, डिसक्रस थ्रो, हाइजम्प, ट्रिपल जम्प र ट्य्राक इभेन्ट्सअन्तर्गत १ सय, २ सय, ४ सय, ८ सय, १५ सय मिटर, ५ हजार, १० हजार मिटरलगायतका खेल रहने जनाइएको छ।

प्रकाशित: २८ माघ २०७६ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App