१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रियालको शीर्षता कायम

ओसासुनविरुद्ध चौथो गोल गरेपछि रियाल मड्रिडका लुका जोभिच (बीच) सहकर्मीका साथ । तस्बिर एएफपी

मड्रिड – गारेथ बेल टोलीमा फर्किएको दिन आइतबार रियाल मड्रिडले ओसासुनामाथि ४–१ को सहज जितका साथ स्पेनिस ला लिगाको शीर्षता कायम राखेको छ।

रियालको पछिल्लो ४ खेलमा लगतार टोलीमा स्थान बनाउन असफल बेललाई आइतबार भने प्रशिक्षक जिदेदिन जिदानले टोलीमा फिर्ता बोलाएका हुन्। १४औँ मिनेटमा युनेई गार्सियाले ओसासुनालाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा इस्कोले बेलको पासलाई पोस्टको दिशा दिँदै रियाललाई खेलमा फर्काएका थिए। त्यसकोे ५ मिनेटपछि कप्तान सर्जियो रामोसले गोल गर्दै रियाललाई मध्यान्तरअघि २–१ को अग्रता दिलाएका थिए। खेलको अन्तिम ६ मिनेटमा थप २ गोल गर्दै रियालले सहज जित पक्का गरेको थियो। ८४औं मिनेटमा लुकास भाजक्युजले रियालका लागि तेस्रो गोल गरेका थिए। ९०औं मिनेटमा लुका जोभिचले बललाई पोस्टको दिशा दिँदै रियाललाई ४–१ को सहज जित पक्का गरेका थिए।

आइतबारै भएको अर्कोे खेलमा बार्सिलोनाले रियाल बेटिसलाई ३–२ ले हराउँदै  शीर्ष टोलीसँगको अंकदूरी घटाएको हो।

रियाल २३ खेलमा ५२ अंकका साथ शीर्ष स्थानमा कायम छ भने बार्सिलोना समान खेलमा ४९ अंकका साथ दोस्रो स्थानमा छ। गेटाफे, एट्लेटिको मड्रिड र सेभिया क्रमशः ४२ र ३९ अंकका साथ क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। म खेलाडीले गरेको प्रदर्शनबाट सन्तुष्ट छु, जिदानले भने, शीर्षता कायम राख्नु राम्रो हो।’ रियाल सोसिडाडसँग पराजित हुँदै कोपा अमेरिकाको क्वार्टरफाइनलबाटै बाहिरिएपछि रियालको लगातार २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो। ओसासुनाविरुद्ध हात पारेको जितले रियाललाई राहत प्रदान गरेको छ।

सन् २०२० मा बेलको यो मात्र तेस्रो सहभागिता हो। अरूमा क्लबमा निकै ठूलो समस्या छ भन्ने भ्रम छ तर क्लबमा त्यस्तो केही छैन,’ जिदानले भने, ‘बेलले राम्रो खेले। उनी केही समयअघि फिट थिएनन् तर अहिले उनी पूर्ण रूपमा फिट छन्। हामीलाई उनको क्षमता थाहा छ। आशा छ उनले योभन्दा अझ उत्कृष्ट प्रदर्शन गर्छन्। आइतबारै भएको अर्कोे खेलमा बार्सिलोनाले रियाल बेटिसलाई ३–२ ले हराउँदै  रियालसँगको अंकदूरी घटाएको हो। खेलको छैटाैँ मिनेटमा सर्जियो क्लानेसले रियाल बेटिसको गोल खाता खोलेका थिए। त्यसको तीन मिनेटपछि नै फ्रेन्की डी जोङले बार्सिलोनालाई खेलमा फर्काएका थिए। २६औं मिनेटमा नाबिल फिकिरको गोलमा  बेटिसले पुनः अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा सर्जियो बास्क्वेट्सले बार्सिलोनालाई पुनः खेलमा फर्काएका थिए। ७३औं मिनेटमा क्लेमेन्ट लेङलेटले गरेको गोल बार्सिलोनाको जितमा पर्याप्त बन्यो।आइतबारै भएको अर्कोे खेलमा सेभिया भने सेल्टा भिगोसँग २–१ ले पराजित भयो।

प्रकाशित: २८ माघ २०७६ ०१:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App