१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

किशोरी बेच्न खोजेको आरोपमा दुई पक्राउ

गोरखा- गोरखाको सिरानचोक गाउँपालिकाकी १७ वर्षिय किशोरीलाई आर्थिक प्रलोभन देखाएर बेचबिखन गर्न लैजान लाग्दा प्रहरीले सोमवार दुई जनालाई पक्राउ गरेको छ। नारायणगढ पुगेपछि एक करोड पाउने भाग्य चम्किने भन्दै सिरानचोक ७ का ७१ वर्षिय भिमप्रसाद ढकाल र ३९ वर्षिय रामबाबु दुतराज (बिक) ले युवतीलाई प्रलोभन देखाएका थिए।

बेचबिखन गर्न लैजान लागेको आशंका युवतीलाई लागेपछि उनले परिवारलाई घटनाबारे बताएकि थिईन। युवतीको परिवारले प्रहरीमा जाहेरी दिएपछि दुबैजनालाई पक्राउ गरी मानव ओसारपसार तथा बेचबिखन ऐनसम्बन्धी कसुरमा मुद्धा दर्ता गरी अदालतबाट सात दिनको म्याद थपेर कारवाही अघि बढाइएको डिएसपी बासुदेव खतिवडाले बताए। केहीदिन युवतीको उचाई नापजाँच गर्ने, भिडियो बनाउने, हस्तरेखा हेर्ने गरेर ललाई फकाई गरेको आरोप पीडित परिवारले लगाएको छ।

 

 

 

प्रकाशित: २७ माघ २०७६ ११:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App