१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तीन दिनमै छ करोडका मोबाइल बिक्री

काठमाडौं– काठमाडौंको पाकोस्थित न्युरोडमा बुधबारदेखि सुरु भएको ‘मोबाइल महोत्सव २०७३’मा तीन दिनको अवधिमै करिब साढे ६ करोड रुपैयाँका मोबाइल बिक्री भएका छन्। बुधबारदेखि सुरु भएको महोत्सबमा करिब दुई दर्जन ब्राण्डेड मोबाइल कम्पनीले भाग लिएका छन्।

एक्स्पोमा छुटसहितका विभिन्न प्याकेज दिएपछि प्रयोगकर्ताले उत्साहजन रुपमा मोबाइल किनिरहेको आयोजकले जनाएका छन्। एनसेलको प्रायोजनमा आयोजना भइरहेको मोबाइल एक्स्पो अहिलेसम्मकै सबैभन्दा ठूलो इभेन्टको भएको नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष तथा महोत्सबका संयोजक पुरुषोत्तम बस्नेतले बताए।

तीन दिनमा करिब २ हजार ५ सय मोबाइल सेट बिक्री भएको संघका प्रवक्ता सन्दीपमान श्रेष्ठले बताए । ‘मोबाइल प्रयोगकर्ताको उत्साहजनक सहभागिता रहेको छ,’ श्रेष्ठले भने, ‘तीन दिनमै साढे ६ करोड रुपैयाँका मोबाइल बिक्री भएका छन् ।’ महोत्सव अवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १ सय एमबीको डाटा अफर दिएको छ । अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्युरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा–लगायत क्षेत्रमा मोबाइल किन्नेको भिड लागेको छ ।  खुल्ला बाटोमा एनसेलले आयोजना गरेको म्युजिकल कन्सर्ट भने स्थगित भएको जनाइएको छ ।
 

प्रकाशित: १५ पुस २०७३ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App