१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय जलरङ महोत्सव हुँदै

काठमाडौं – नेपाली कला र संस्कृतिको प्रवर्द्धनको निम्ति अन्तर्राष्ट्रिय जलरङ महोत्सवको आयोजना हुने भएको छ। आगामी भदौ ३१ देखि असोज ६ सम्म राजधानी र कास्कीमा आयोजना हुने महोत्सवमा नेपाली र विदेशी कलाकारहरू सहभागी भएर चित्रकलाहरू कोर्ने आयोजकले जनाएको छ।

महोत्सवको यो तेस्रो संस्करण हो। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गर्ने महोत्सवमा नेपालसहित भारत, बंगलादेश र चीनलगायतका कलाकारहरू सहभागी हुने जानकारी आयोजक संस्थाका अध्यक्ष एनबी गुरुङले गराए।

‘महोत्सवमा नेपाली तथा विदेशी कलाकारहरूले संयुक्त रूपमा नेपालको कला, संस्कृति र प्राकृतिक क्षेत्र झल्काउने चित्रकला तयार गर्नेछन्,’ उनले भने। महोत्सवमा चित्रकला तयार तथा प्रदर्शनी र अन्तक्रियात्मक कार्यक्रमको आयोजना गरिनेछ।

प्रकाशित: २७ माघ २०७६ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App