१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्दोलित स्थानीय र चिनी उद्योगबीच सहमति

सर्लाही - उद्योगले प्रदूषण नियन्त्रण गर्नुपर्ने माग राखेर आन्दोलित स्थानीय बासिन्दा र इन्दुशंकर चिनी उद्योगबीच सहमति भएको छ।

शनिबार राति अबेर सम्पन्न छलफलमा सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन्। एक वर्षभित्र उद्योगले धुलोधुँवा तथा दुर्गन्ध नियन्त्रण गर्ने लिखित प्रतिबद्धता जनाएकाले आन्दोलन स्थगित गरिएको स्थानीय वासिन्दाद्वारा गठित संघर्ष समितिका संयोजक सुरेशकुमार भट्टराईले जानकारी दिए।

हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंको पहलमा नगरपालिका कार्यालयमै शनिबार त्रिपक्षीय छलफल भएको थियो। छलफलमा उद्योग सञ्चालक राजेश केडिया उनका छोरा शुभम केडिया, उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाल, स्थानीयको तर्फबाट संघर्ष समिति संयोजक भट्टराई, प्रचार प्रसार संयोजक विनय न्यौपाने तथा उपमेयर रेणुका पौडेल, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सुरक्षा प्रमुखहरू, वडाध्यक्षहरू लगायतको सहभागिता रहेको थियो।

उद्योगले प्रदूषण नियन्त्रणका लागि काम गरे/नगरेकोबारे अनुगमन गर्न मेयर प्रसार्इंको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ। एक वर्षभित्र उद्योगबाट निस्कने धुलो, धुवाँ तथा दुर्गन्ध नियन्त्रण नभए कानुनी कारबाही गरिने मेयर प्रसाईंले बताए। चिनी उद्योगबाट निस्किएको धूलो, धुँवा र छेउमै रहेको डिस्टिलरी उद्योगबाट निस्कने फोहोर पानीको दुर्गन्धले आजित बनाएको भन्दै स्थानीय वासिन्दाले संघर्ष समिति गठन गरेर गत आइतबारदेखि आन्दोलन सुरु गरेका थिए। चिनी उद्योग सञ्चालन रहेको समयमा स्थानीयले मूलगेटमा तालाबन्दी एवं धर्नालगायत कार्यक्रम गर्दै आएका थिए। यसैबीच हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजाले स्थानीय वासिन्दाको मागका सम्बन्धमा चासो नदिए उद्योगको मूल गेटमा आमरण अनसन नै बस्ने चेतावनी दिएपछि उद्योग सञ्चालक एवं व्यवस्थापनलाई स्थानीयसँग सहमति गर्नुपर्ने दबाब परेको थियो।

एकाले आन्दोलन स्थगित गरिएको स्थानीय वासिन्दाद्वारा गठित संघर्ष समितिका संयोजक सुरेशकुमार भट्टराईले जानकारी दिए। हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंको पहलमा नगरपालिका कार्यालयमै शनिबार त्रिपक्षीय छलफल भएको थियो। छलफलमा उद्योग सञ्चालक राजेश केडिया उनका छोरा शुभम केडिया, उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाल, स्थानीयको तर्फबाट संघर्ष समिति संयोजक भट्टराई, प्रचार प्रसार संयोजक विनय न्यौपाने तथा उपमेयर रेणुका पौडेल, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सुरक्षा प्रमुखहरू, वडाध्यक्षहरू लगायतको सहभागिता रहेको थियो।

उद्योगले प्रदूषण नियन्त्रणका लागि काम गरे/नगरेकोबारे अनुगमन गर्न मेयर प्रसाइंको संयोजकत्वमा १५ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ। एक वर्षभित्र उद्योगबाट निस्कने धुलो, धुवाँ तथा दुर्गन्ध नियन्त्रण नभए कानुनी कारबाही गरिने मेयर प्रसाईंले बताए। चिनी उद्योगबाट निस्किएको धूलो, धुँवा र छेउमै रहेको डिस्टिलरी उद्योगबाट निस्कने फोहोर पानीको दुर्गन्धले आजित बनाएको भन्दै स्थानीय वासिन्दाले संघर्ष समिति गठन गरेर गत आइतबारदेखि आन्दोलन सुरु गरेका थिए। चिनी उद्योग सञ्चालन रहेको समयमा स्थानीयले मूलगेटमा तालाबन्दी एवं धर्नालगायत कार्यक्रम गर्दै आएका थिए। यसैबीच हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजाले स्थानीय वासिन्दाको मागका सम्बन्धमा चासो नदिए उद्योगको मूल गेटमा आमरण अनसन नै बस्ने चेतावनी दिएपछि उद्योग सञ्चालक एवं व्यवस्थापनलाई स्थानीयसँग सहमति गर्नुपर्ने दबाब परेको थियो।

प्रकाशित: २७ माघ २०७६ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App