२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सडक पेटीका बिरुवा संरक्षणको पर्खाइमा

काठमाडौं – काठमाडौं उपत्यककाको विभिन्न सकडक पेटीमा रोपिएका बिरुवा संरक्षणको अभावले सुक्न थालेका छन्। उपत्यकाको सहर हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिका, नेपाली सेना, वातवरण विभागलगायतका संस्थाले सटकपेटीमा रोपिएका बिरुवा अहिले भाँच्चिनुका साथै हराउँदै जान थालेका छन्। सडक पेटी अतिक्रमण रोक्नका लागि बिरुवा रोप्दै आएपनि त्यसको संरक्षणमा कसैले ध्यान नदिँदा बिरुवा हुर्कन नपाएको स्थानीयको भनाइ छ।

सडक छेउमा रोपिएका बिरुवामध्ये कति सुकेका छन् भने कति फुटपतामा हिड्ने सर्वसाधरणले भाँच्ने गरेका छन्। बिरुवा ढाक्न ट्रिगार्ड ‘विरुवा छोप्ने सामग्री’ नराख्दा विरुवा हुर्कनलाई थप समस्या भएको थियो। काठमाडौंको बागदरबार, सुनधारा, नेपाली सेनाको गेट अगाडिमा रोपिएका बिरुवा अहिले सुक्नुका साथै भाँचिएका छन्।

महानगरले सडक हरियाली सहर बनाउका लागि चालु आर्थिक वर्षमा २३ लाख रुपैयाँ बजेटसमेत विनीयोजन गरेको प्रवक्ता ईश्वारमान डंगोलले जानकारी दिए। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महानगरलाई हरियाली बनाउन बृक्षरोपण गरिएको थियो। बृक्षारोपन गरेपनि त्यसको संरक्षणले विरुवा नष्ट हुँदै गएका छन्। महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले रोपिएका बिरुवा संरक्षणका लागि छिट्टै ट्रिगार्ड राख्ने योजना रहेको बताए। महानगरले हरियाली प्रवद्र्धन गर्ने योजना बनाएपनि पैदलयात्रुले बिरुवा भाच्ने गरेको उनको गुनासो छ।

गत असोज ३ गते काठमाडौं महानगर क्षेत्रका सडकपेटीमा करिब ६ सय बिरुवा रोपिएका थिए। विष्णुमती करिडोर, बागदरबार, त्रिपुरेश्वर, नेपाली सेनाको ब्यारेग, स्वयम्भूलगायतका क्षेत्रमा बृक्षारोपन गरिएको थियो। त्यसबेला १५ हजार ६ सय ७६ वटा बिरुवा रोपिएको थियो। महानगरले चेरी, टुपडिनथस, पैयुँ, चाप, कोइरालो, टाँकी, पारिजात, स्वामी, लेकपाङरा, कल्की, जामुनलगायत दुई दर्जन प्रजातिका बिरुवा रोपेको बताएको छ।

हरीयाली सहर बनाउका लागि महानगरलगायत अन्य संस्थाले बिरुवा रोपेपनि संरक्षणको अभावले ती बिरुवा अहिले हराउँदै गएको सुनधाराका स्थानीय इश्वरी कार्कीले बताइन्। विभिन्न सरोकारवालाको लापरबाहीका कारण सडकमा रोपिएका बिरुवा सुक्ने र भाँचिने गरेको उनको भनाइ छ।

प्रकाशित: २७ माघ २०७६ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App