१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हुवेइमा रहेका नेपालीबारे आयोग चिन्तित

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको जीवन रक्षाको लागि नेपाल सरकारसँग आग्रह गरेको छ। आयोगको आइतबार बसेको आकस्मिक बैठकले आफ्ना नागरिकलाई शीघ्र सुरक्षित स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई दिएको हो।

नेपालीको जीवन जोखिममा पर्नसक्नेतर्फ संवेदनशील भई सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आयोग आग्रह गरेको हो। आयोगले हुवेइमा रहेका सबै नेपालीको स्वास्थ्यबारे जानकारी, स्वदेश फिर्ता सम्बन्धमा मन्त्रालयले गरेको काम कारबाहीको सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा, स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगमा बोलाउने निर्णय गरेको छ।

चीनको हुवेइमा रहेका करिब १ सय ८५ जना नेपाली विद्यार्थी रहेको बताइएको छ। त्यहाँ फैलिएको ‘कोरोना भाइरस’ संक्रमण हुनबाट जीवन रक्षा गरिदिन माग गर्दै उनीहरूका अविभावकले आयोगसमक्ष ज्ञापन–पत्र बुझाएका थिए। कोरोना भाइरसको कारण निवासबाट बाहिर निस्कन नसकेको, लामो समयसम्म बन्दीजस्तै जीवन बिताउनु परेको, खाद्य सामग्रीको अभाव भएकाले चीनमा रहँदा संक्रमणको जोखिममा भएको मानव अधिकार आयोगले चिन्ता गरेको छ।

प्रकाशित: २७ माघ २०७६ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App