१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

ओमानसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं- आइसीसी क्रिकेट विश्वकप लिग २ मा ओमानसंग नेपाल पराजित भएको छ। ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो। २५० रनको लक्ष्य पाएको ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्यायो। ओमानको जितमा कप्तान जिसान मकसोद र अकिब लियासले १६७ रनको साँझेदारीले जितलाई सहज बनाइदियो। खेलमा अकिबले सर्वाधिक १०९ रन बनाए।

४९ रनमा पहिलो विकेट गुमाएको ओमानले दोस्रो पटक खवार अली ४१ रनमा आउट भए। नेपालका लागि कुशल मल्ल र सुशन भारीले १–१ विकेट लिएका थिए।

पहिले ब्याटिङ पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनाएको थियो। कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका थिए। मल्लले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए।

 

 

 

प्रकाशित: २६ माघ २०७६ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App