१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वानेश्वरमा सरकारी गाडी दनदनी बल्यो

जलाइएको सरकारी गाडी। तस्विर सौजन्यः हिमांसु कार्की/फेसबुक

काठमाडौं— नयाँ वानेश्वरमा एउटा सरकारी गाडी सडकमै जलाइएको छ। नयाँ वानेश्वरको अल्फाविटा नजिकै बुद्धनगर छिर्ने चोकमा बा २ झ १३९२ नम्वरको सरकारी स्कर्पियो गाडी आगजनी भएको हो। बा २ झ १०५५ नम्बरको अर्को एउटा गाडीमा तोडफोड भएको छ।

कुन सरकारी  कार्यालयको गाडी हो र कसले आगजनी गरेको हो भन्ने नखुलेको नयाँ वानेश्वर प्रहरीले जनाएको छ। सरकारी विदाको दिन सरकारी गाडी चलाएको भन्दै अागजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन्। शुक्रबार लोसारको सार्वजनिक विदा छ।

प्रकाशित: १५ पुस २०७३ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App