१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘गुफा बस्दा ध्यान गर्न सिकेँ’

सिन्डी बज्राचार्य, मिस टिन नेपाल–२०१९ (काठमाडौं जेसिज)

नेवारी संस्कृतिमा आठदेखि १२ वर्षभित्रका बालिकालाई महिनावारी हुनुअगाडि नै गुफा राख्ने गरिन्छ। यो प्रक्रिया करिब एक साताको हुन्छ। मैले पनि १० वर्षको उमेरमा गुफाको अनुभव गरेकी थिएँ।मकाठमाडौंको थापाथलीमा रहेको बुद्ध विहारमासामूहिक गुफा बसेकी थिएँ। गुफा बस्नेहरूमा हामी २० जनाजतिको समूह थियो। हामी एउटा कोठामा ६–७ जना बस्नुपथ्र्यो। फरक–फरक परिवारबाट आएकाहरूसँग चिनजान भएको थियो। नियम अनुसार त्यहाँ जंकफुड, चकलेटजस्ता कुनै खानेकुरा लैजान मनाही थियो। त्यस्तै, त्यहीँ दिइने रातो कपडा लगाउनुपर्थ्यो । त्यहाँ हामीलाई त्यहाँ सघाउन गुरुमा,स्वयंसेवकहरू हुनुहुन्थ्यो।

हामीहरू बिहान ४ बजे उठेर हातमुख धोई ध्यानमा बस्थ्यौँ। दुई घन्टा ध्यान गरेपछि बिहानको खाजा खान्थ्यौँ। ध्यान गर्ने बेलापञ्चशील (नमो तस भग्वतो...) पढ्ने गरेका थियौँ। अनेक किसिमका व्यायाम गराइन्थ्यो। दिनको १२ बजेतिर खाना खाएर एक–दुई घन्टा खेल्न दिइन्थ्यो। त्यसपछिबुद्धका कथा सुनाइन्थ्यो। अलि दिउँसो भएपछि फेरि ध्यान गर्न बसिन्थ्यो र बेलुका ७ बजेतिर खाना खाएर सुत्ने गर्थ्यौं । सुरुसुरुमा रमाइलो लागेको थियो, किनभने त्यहाँ नयाँ–नयाँ साथी थिए, एकप्रकारले त्यो मेरा लागि नौलो अनुभव थियो। दिन कट्दै गएपछि भने आमाबुवाको धेरै याद आउन थाल्यो।एक साता पनि धेरै जस्तो लाग्न थाल्यो। मेरो गुफाको यात्रा छोटो तर अमूल्य रहेको थियो। अचेलसंस्कृतिहरू हराउन थालिसकेका छन्। तर, नेवार समुदायले थुप्रै संस्कृति धानिरहेको छ।

सबैजसो रीतिरिवाजको पछाडि तर्क आवश्यक छ। त्यो किन गर्ने, त्यसो गर्दा के हुन्छ, त्यसले आफैँलाई दुःख भएको छ वा अरु कसैलाई अप्ठेरो पारेको छ, यस्तै प्रश्नमा संस्कृतिलाई हेरिनुपर्छ। मलाई लाग्छ, गुफा बस्नु हाम्रा लागि राम्रै कुरा हो। इहि, गुफा जस्ता संस्कृतिले हामीलाई महिनावारी बुझ्न, आत्मविश्वास बढाउनर एक्लै बस्न वा स्वतन्त्र हुन मानसिक रूपमा तयार रहन सिकाउँछ। गुफा बस्दा हामीले ध्यान ग-यौँ, त्यसले हामीलाई ध्यान एकीकृत गर्न सघायो। हामीले बुद्धका कथाहरू सुन्यौँ, त्यसले हामीलाई नीतिगत कुरा, जीवन–जगतका कुरा सुन्न सिकायो। त्यसको केही न केही प्रभाव हामीलाई प-यो। त्यस्तै आफूले खाएका भाँडा आफैँले पखाल्ने, परिवारका सदस्यदेखि छुट्टै बस्ने अनुभव पनि दियो।

मलाई घरमै राखिने गुफाभन्दा सामूहिक गुफा ठीक लाग्छ। गुफाका लागि विहारमा राख्दा बालिकाले धेरै कुरा सिक्छन्।सबैभन्दा महत्वपूर्ण कुरा ध्यान गर्न सिक्छन्।

प्रकाशित: २५ माघ २०७६ ०२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App