१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप हुने

पत्रकार सम्मेलनमा सहभागीहरु ।

रुपन्देही- आगामी चैतमा बुटवलमा प्रथम लुम्बिनी मार्शल आर्टस हाप्किडो खुल्ला राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। नेपाल मार्सल आर्टस हाप्किडो संघ, प्रदेश ५  र नेपाल मार्शल आर्टस हाप्किडो संघको आयोजनामा प्रदेशमै पहिलो पटक हाप्किडो प्रतियोगिता हुन लागेको हो।

रुपन्देहीको तिलोत्तमामा शुक्रबार पत्रकार सम्मेलन गरि आगामी चैतको २४, २५ र २६ गते राष्ट्रिय स्तरको प्रतियोगिता बुटवलमा गर्न लागेको जानकारी दिइएको हो। प्रतियोगितामा महिला र पुरुष तर्फ २५ देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने हाप्किडो प्रदेश ५ का अध्यक्ष सुबास परियार धनहादुरले जानकारी दिए। १० स्वर्ण, १० रजत र १० कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ।

यसैगरि सेल्फ डिफेन्स र टीम डेमोस्ट्रेसनमा पनि प्रतिस्पर्धा हुने अध्यक्ष परियारले बताए। देशभरबाट करिब ५ सय खेलाडीहरु प्रतियोगितामा भाग लिने आयोजकले जनाएका छन्।

संघका केन्द्रीय अध्यक्ष कालिबहादुर घर्ती मगरले नेपालमा २०७३ सालदेखि संस्था मार्फत हाप्किडो खेलाडीहरुलाई संगठित गरिएको भन्दै यो नयाँ खेल समेत भएकाले प्रतियोगिता मार्फत सन्देश छर्न सकिने विश्वास लिएको बताए। उनले हाप्किडो खेलाडीहरु प्रशस्तै रहेको बताउँदै खेलसँगै पर्यटन प्रवद्र्धनमा समेत सरकारलाई सहयोग गर्न खोजेको बताए।

भर्खरै मात्र संस्था स्थापना गरेको संघले केहि महिनाअघि रोल्पामा सहिद स्मृति मार्सल आर्ट्स हाप्किडो प्रथम राष्ट्रिय च्याप्यिनसिपको आयोजना गरेको थियो भने पोखरामा अन्र्तराष्ट्रिय सेमिनार गरेको केन्द्रीय सदस्य सम्भव बिसिले जानकारी दिए। संघले प्रतियोगिताका लागि ४० लाख रुपैयाँको खर्च अनुमान गरेको छ।
 

 

प्रकाशित: २४ माघ २०७६ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App