१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेता नेपालले भने, 'कसैलाई पार्टीगत रुपमा मुद्दा लगाइएको छैन'

विराटनगर- नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुुरा गर्दै उनले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भएपनि उन्मुुक्ति दिन नहुुने बताएका हुन्।

कोहि निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताए। नेता नेपालले सो घटनामा दोषी नरहेको दाबी गर्दै आफु भ्रष्टाचार पनि नगर्ने र गर्नपनि नदिने मान्यताको मान्छे रहेको बताए। उनले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोहि बनाउने निर्णय नभएको प्रष्ट पारे। 'कुुनै बाटो बनाउने विषयमा निर्णय गरिन्छ यदि बाटो बनाउदा भ्रष्टाचार भयो भने बाटो बनाउन निर्णय गर्ने प्रधानमन्त्रीलाई दोषी भन्न मिल्दैन’, उनले भने।

उनले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुद्दा नलगाइएको दाबी गरे। एमसीसीका विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन् छैनन् भन्ने विषयमा गहन अध्यन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताए। एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउदै उनले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुुंग्याउनुु पर्ने बताए।

नेता नेपालले सरकाले आफ्नो कामलाई तीव्रता दिएर समृद्ध नेपाल र सुुखी नेपालीको अभिभारालाई पुुरा गर्नुुपर्नेमा जोड समेत दिए।

प्रकाशित: २४ माघ २०७६ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App