१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हरियो साग खाँदा एकै घरका १२ जना बिरामी

बाजुरा- बुढीनन्दा नगरपालिका–१ पीपलडालीमा हरियो साग खाएर एकै घरका १२ जना बिरामी परेका छन्। बिहीबार दिउँसोको खाजा खाने बेला गहुँ र कोदोको रोटीसँग हरियो साग मिसाएर खाँदा एकै परिवारका १२ जना बिरामी परेका हुन्।

दिउँसोको खाजाका लागि पकाएर हरियो रायोको साग र रोटी खादाँ एकसाथ १२ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन्।

बिरामी हुनेमा बुढीनन्दा नगरपालिका–१ पीपलडालीका रंगी विक, विउरा विक, रुपु विक, माया विक, एलिना विक, सर्मिला विक, रुखा विक, नानी विक, वेदना विक, गणेश विक लगायत एकै परिवारका १२ जना बिरामी परेको आफन्त लक्ष्मी विकले बताएकी छन्।

उनीहरुले एकसाथ बसेर दिउँसो खाजासँगै खाएका थिए। बिरामी सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भईरहेको छ। उपचारका लागि भर्ना भएका मध्ये एलिना विक, गणेश विक र विउरा विकसहित ६ जना घर फर्किसकेका छन्। भने बाँकी ६ जनाको उपचार भईरहेको छ।

खानामा फुड पोइजन भएर बिरामी भएको स्वास्थयकर्मीले आशंका गरेका छन्। उपचारमा रहेका मध्ये सबैको अवस्थामा सुधार आएपनि लगातार वान्ता गरिरहेको र केही बेहोस अवस्थामा रहेको बताईएको छ। अवस्था खतरा बाहिर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्।

बारीमा लगाएको सागमा विषादी छरेको र नपखालेर खाएको हुन सक्ने अनुमान गरिए पनि बिरामीको कारण बारे स्वास्थ्यकर्मीले बताएका छैनन्। सिंगो परिवार नै बिरामी परेपछि गाउँ नै चिन्तीत बनेको छ।

प्रकाशित: २४ माघ २०७६ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App