अस्ट्रेलियाका विद्यालयमा नेपाली भाषा पढाइ हुने

शुक्रबार, २४ माघ २०७६, ११ : ५९ नागरिक

अस्ट्रेलिया - अस्ट्रेलियाको सरकारी विद्यालयमा नेपाली भाषाको पढाइ हुने भएको छ। नेपालीहरुको संख्या धेरै रहेको स्थानहरुमा नेपाली मूलका बालबालिकालाई यहाँका केही विदालयहरूमा नेपाली भाषा पढाइ हुने भएकाे हाे।

नेपाली समुदाय तथा संघसंस्थाको प्रयासमा नेपाली भाषाको ज्ञान दिने र नेपाली भाषाको संरक्षणको लागि नेपाली पढाइ हुन लागेको जनाइएको छ। सोही क्रममा बिहिवार हाम्रो समाज अस्ट्रेलियाका अध्यक्ष डा. मोम विश्वकर्माले नेपाली भाषीको तर्फवाट एनएसडब्लु शिक्षामन्त्री सराहा मिचेसँग नेपालीहरुको जनसंख्या अनुसार नेपाली भाषामा अध्यापन हुनु पर्ने विषयमा भेटघाट तथा छलफल गरेका छन्।

भेटघाटको क्रममा डा.विश्वकर्माले नेपालीहरु बाहुल्य भएको ठाउँहरु सिड्नीका पश्चिमी क्षेत्रहरु क्याम्सी, हार्टाकोट, रक्देल, मिन्ताो, कम्वेलटाउन, अवर्न लगायत क्षेत्रका सार्वजनिक विश्वविद्यालयमा नेपाली भाषाको कक्षा संचालन हुनु पर्ने माग राखेका थिए।

सो बैठकमा शिक्षा विभागका प्रतिनिधिले नेपाली विद्यार्थी उल्लेख्य मात्रा रहेका स्थानहरुमा सामुदायिक भाषा विद्यालयमार्फत आवश्यक सहयोग गर्न लागेको जानकारी दिएका छन्। सो क्रममा सांसद सोफी कोत्सिससले क्याम्सी, हार्टकोट, रक्देल लगयात विद्यालयमा नेपाली भाषा कक्षा संचालन गर्ने प्रयासको लागि वैठकको आयोजना गरेको बताइन्।

सो  बैठकमा एनएसडब्लु राज्यकी संसद सोफी कोत्सिसले कयाम्सी क्षेत्रमा नेपाली भाषा कक्षा संचालन गर्न कयाम्सी पब्लिक स्कुल प्रिन्सिपलसंग सहकार्य गरेको  जानकारी गराइन्। कोत्तिससले यो कार्यमा  सरकारले सक्दो सहयोग गर्नु पर्ने माग शिक्षा मन्त्री समक्ष राखेकी हुन्।

यो मागलाई ध्यानमा राख्दै एनएसडब्लुकी शिक्षामन्त्री  शराहा मिचेलले सामुदायिक भाषा विद्यालयमार्फत आवश्यक कोर्ष (पाठ्यक्रम) तयार गर्नको लागि सिड्नी विश्वविद्यालयसित सहयकार्य भइरहेको बताइन्।

शिक्षक सेवामा प्रवेश गर्न चाहाने नेपालीलाई प्रतिस्पर्धाको आधारमा तालिमको व्यवस्था गरिने उनले बताइन्। वैठकमा नीति तथा सल्लाहाकार जेसिका निली र शिक्षा मन्त्रालयका प्रतिनिधीको उपस्थिति थियो।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad