१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनका सार्वजनिक उडान जारी रहने : विदेश मन्त्रालय

बेइजिङ (सिन्ह्वा) – चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निङले सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकहरूलाई जहाँ भए पनि घर फर्कन चाहेको समयमा सहज व्यवस्था उपलब्ध गराउने बताएकी छन्।

केही विदेशी अधिकारीले चीनले आगामी हप्तामा अझ बढी प्रतिबन्ध लगाउने र व्यावसायिक उडानमा चीन छोड्न गाह्रो हुने भएकाले तत्काल चीन छोड्नुपर्ने कुरा बताएपछि प्रवक्ता चुन्निङले यस्तो बताएकी हुन्। ‘त्यो केवल अफवाह मात्र हो,’ चुन्निङले भनिन्।

चिनियाँ सरकारले स्वदेशी तथा विदेशी नागरिकहरू सबैको जीवन र स्वास्थ्यलाई उच्च महत्व दिएको उनले बताइन्। ‘चीनले जटिल कोरोना भाइरसविरूद्ध सबैभन्दा व्यापक तथा कडाइका साथ निवारण र नियन्त्रणका उपायहरू अपनाएको छ। चीनले चालेका कदम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको मापदण्डभन्दा स्तरीय रहेको छ,’ उनले भनिन्, ‘अहिले चीनमा विदेशी नागरिकहरूको सुरक्षा, स्वास्थ्य र जीवनस्तरको ग्यारेन्टी छ। चीनको नागरिक उड्डयन प्रशासनले हवाइजहाजमा फैलाउने भाइरसको सम्भावना कम गर्न र अन्तर्राष्ट्रिय उडानमा यात्रुहरूको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न प्रभावकारी कदम चालेको छ।’

महामारीको स्थिति नियन्त्रणमा चीनको प्रयासलाई शंका नगर्न सबै देशहरूलाई आग्रह गर्दै उनले शान्त, वस्तुनिष्ठ र तर्कसंगतरूपमा मूल्यांकन गर्न जरूरी भएको बताइन्।

उनले भनिन्, ‘केही देशले डब्लुएचओको सिफारिस र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन बुलेटिनहरूको बावजुद उडान स्थगित गर्ने जस्ता चरम प्रतिबन्धहरूको अनुशरण गरेपछि केही चिनियाँ विदेशमा फसेका छन्।’

विदेश मन्त्रालय र चिनियाँ कूटनीतिक नियोगहरू विदेशमा उडानहरू परिवर्तन गरेर वा अन्य देशहरूको माध्यमबाट ट्रान्जिट गरेर उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको छ।

प्रकाशित: २४ माघ २०७६ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App