१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चितुवाकाे आक्रमणबाट बालिकाको मृत्यु

फाइल तस्बिर / नागरिक

काठमाडाैँ - चितुवाको आक्रमण परी पोखरामा एक बालिकाको अकालमा मृत्यु भएको छ। बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्नुभएको थियो।  जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने क्रममा गाउँबाट केहीपर  रहेको जङ्गलमा बालिकाको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरी निरीक्षक अधिकारीले बताए। प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न  सकेका छैनन्।

यसअघि तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणमा परी बालबालिकाले ज्यान गुमाएका घटना सार्वजानिक भएका थिए।

प्रकाशित: २४ माघ २०७६ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App