१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोना भाइरस संक्रमणबाट ५६४ को मृत्यु, नवजात शिशुमा पनि संक्रमण

हुबेई (बिबिसी) –  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म ५६४ पुगेको छ। चीनको हुबेई प्रान्तमा पछिल्लो २४ घण्टामा कम्तीमा ७० व्यक्तिको मृत्यु भएको छ।

चीनमा कोरोना भाइरसबाट २८ हजार १८ व्यक्तिहरू प्रभावित भएको चिनियाँ अधिकारीले पुष्टि गरेका छन्। चीन मूख्यभूमि बाहिर यस भाइरसको संक्रमणका कारण दुई व्यक्तिको मृत्यु भएको छ। मृतकमध्ये एक व्यक्ति फिलिपिन्स र अर्का हङकङका हुन्।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीमा भनिएको छ, ‘अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ५६३ जनाको मृत्यु भएको छ। २८ हजार १८ व्यक्तिलाई कोरोनाको संक्रमण पुष्टि भएको छ भने २४ हजार सात सय दुई जनामा यसको संक्रमणको आशंका गरिएको छ भने एक लाख ८६ हजार ३५४ व्यक्तिलाई स्वास्थ्य टोलीको निगरानीमा राखिएको छ।’

डिसेम्बरमा हुबेई प्रान्तको राजधानी वुहानमा यो भाइरस पहिलो पटक पत्ता लागेको थियो र यो विश्वको धेरै भागमा फैलिएको छ। चीनबाहिर २५ देशका एक सय ९१ जनामा नोवेल कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार बिहीबारसम्म २१ देशले बेइजिङलाई महामारी रोकथाम र नियन्त्रण आपूर्ति सहयोग गरेका छन्।

भाइरसको लागि हाल कुनै भरपर्दो उपचार विधि छैन। तर, स्वास्थ्यसम्बन्धी धेरै अनुसन्धानले एचआइभी र अन्य एन्टिभाइरल औषधिहरूको मिश्रणको साथ राम्रो परिणामहरू भेटिएको जनाएका छन्।

विश्वभरिका स्वास्थ्य अधिकारीहरूले यो भाइरस फैलिने क्रममा विश्वव्यापी महामारीको रोकथामका लागि कदम चालेको छ। अस्ट्रेलिया, फ्रान्स, संयुक्त राज्य अमेरिका र चीनबाहेक अन्य एसियाली मुलुकमा भाइरसको संक्रमण भेटिएको छ। अमेरिका, अस्ट्रेलिया र सिंगापुरले हालै चीनको यात्रा गरेका गैर–नागरिकहरूको लागि अमेरिका प्रवेशमा अस्थायी रूपमा ढोका बन्द गरेका छन्। भियतनामले पनि चीन जाने र चीनबाट आउने सबै उडान प्रतिबन्धित गरेको छ।

यसैबीच, चीनका एक नवजात शिशुलाई नोवेल कोरोना भाइरसको संक्रमण भएको छ। जन्मिएको ३० घण्टाभित्रै ती शिशुमा कोरोना संक्रमण भएको एक चिकित्सकले बुधबार जानकारी गराए। जन्मिदा ३.२५ किलोग्राम रहेका शिशु हाल स्थिर अवस्थामा रहेको र उनलाई डाक्टरको निगरानीमा रोखिएको छ।

अहिलेसम्म सीमित बालबालिकामा मात्रै नोवेल कोरोना भाइरसको संक्रमण भएको छ। वुहानको एक अस्पतालमा जनवरी २ मा जन्मिएका ती शिशु नै अहिलेसम्म सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमण हुने व्यक्ति हुन्। शिशुको जन्म हुनुपूर्व उनकी आमाको परीक्षण हुँदा उनमा संक्रमण देखिएको थियो। तर, शिशुमा कसरी संक्रमण भयो भन्ने विषय नखुलेको चिकित्सकहरूले बताएका छन्।

‘यसले हामीलाई सावधानी अपनाउन थप सचेत बनाएको छ। किनकि यो संक्रमणको सम्भावित कारण आमाको संक्रमण नै हो,’ वुहान बाल अस्पतालका नवजात शिशु चिकित्सा विभागका प्रमुख चिकित्सक चेङ लिङकोङले भने।
‘शिशु जन्मिएकै केही क्षणमा आमाको नजिक रहेकै समय संक्रमण भएको हुन सक्ने अर्को सम्भावना पनि छ,’ उनले थपे।

‘माइलम्यान स्कुल अफ पक्लिक हेल्थ’ कोलम्विया विश्वविद्यालयका सरूवा रोग विशेषज्ञ स्टेफेन मोर्सले ‘विजिनेस इन्साइडर’ सँगको कुराकानीमा भने, ‘शिशुले सामान्य अवस्थामा झै भाइरस संक्रमित -याललाई पेटमा रहेकै समय खानाका रूपमा लिएको पनि हुनसक्छ।’

प्रकाशित: २४ माघ २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App