१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मैत्रीपूर्ण हकी र स्केटिङ हुने

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले फागुन २ गते  मैत्रीपूर्ण आइस हकी र स्केटिङको आयोजना गर्ने भएको छ।

‘नेपाल सरकारले २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेअनुसार पर्यटक आकर्षित गर्न हरेक महिना नयाँनयाँ कार्यक्रम हुँदै आएको छ, नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले भने, ‘हामीले यस पटक पर्यटकलाई नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले फागुन २ गते उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने योजनाअनुसार सगरमाथा क्षेत्रको गोक्यो ताल (तेस्रो) मा मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना गर्न लागेका हौं।

हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास छ, वैद्यले थपे। गोक्यो ताल सोलुखुम्बु जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाइमा अवस्थित छ र यो प्रतियोगिता पहिलो पटक संसारकै अग्लो स्थानमा आयोजना हुन लागेको हो।

प्रतियोगितामा अमेरिका, क्यानाडा, रूस र भारतका खेलाडीको सहभागिता रहने छ। प्रतियोगिता नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी अफ नेपाल (टान), कतार एयरवेजको प्राविधिक सहयाग रहेको छ। नेपाली खेलाडीले समेत नियमित अभ्यास गर्नका लागि अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुजका साथै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हक्कीका लागि जर्सी र पकसमेत सहयोग गरेको छ।

प्रकाशित: २४ माघ २०७६ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App