१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लाल र स्वेता फित्ता धारीको व्यवहार भएको छैनः सरकार

फाइल तस्बिर/नागरिक

काठमाडौं - सरकारले ललिता निवासको जग्गा प्रकण छानविनदेखि मुद्धा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ। मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा “लाल फित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार ”नगरेको दाबी गरे। बिजय कुमार गच्छदार माथिको कारवाही पुवर्गाग्रही भएको भन्ने संचारकर्मीको जिज्ञासामा उनले सरकारले कसैलाई पनि विभेद नगरेको बताए।

उनले भने “यहाँ लाल फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन। यो कानुन प्रयोजनको कुरा हो।” उनले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गिकरण गरि सोही अनुसारको मुद्धा दायर गरिएको फेयस्ति नै सुनाए।

उनले भने “बालुवाटारको घटना आज भएको होइन र सूचना प्राप्त भएपछि कारवाही थालेको हो। यसमा १ सय ७५ जनालाई कुलमा मुद्धा चलाइएको छ। पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखियो उनीहरु मुद्धा चलाएको छ। जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरुलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाइएको छ। त्यसैगरी आफ्नो स्वामित्व भएका ६५ जनालाई र्किते गरि व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्धा दाबी गरिएको छ।”

उनले अदालती प्रक्रिया सुरु भइसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे। उहाँले भन्नुभयो “प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ। अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ। त्यो नै सरकारले कार्यान्वयन गर्ने हो। दोषी ठहरीनु भयो भने त के लाग्छ त बाबा रु हामी केही पनि गर्न त सक्दैनौ। ”

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कोरोना भाइरसको संक्रमण फैलीएको मुलुक चीनबाट ल्याउने नेपालीलाई काठमाण्डौका शिवपुरी, इचंगुनारायण, सूर्यविनायक, खरिपाटीमा क्वारेन्टाईन स्थल बनाई सोही स्थानमा राख्ने तयारी सरकारले सुरु गरेको पनि जानकारी गराए। क्वारेन्टाईन स्थल बनाउने बारेमा प्रधानमन्त्रीले निर्देशन दिईसकेकाले चीनबाट ल्याएका नेपालीलाई राख्ने स्थानको प्रबन्ध मिलाईदै गरिएको उल्लेख गर्दै तयारी पुरा भएपछि ल्याउने काम हुने भएकाले चीनमा रहेका नेपालीलाई धैर्यधारण गर्न र संयमता अपनाउन पनि आग्रह गरे।

प्रकाशित: २३ माघ २०७६ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App