१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्लास्टिक उद्योगमा आगलागी

वीरगञ्ज – वीरगञ्जको गण्डक चोकनजिक बाइपास सडकछेउ रहेको अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ। आगलागीबाट उद्योगमा भारी क्षति भएको अनुमान गरिएको छ। बिहान ३ बजे उद्योगमा आगो फैलिएपछि निभाउन प्रयास थालिएको थियो। करिब ३ घण्टापछि ६ बजे मात्र आगो नियन्त्रणमा आएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार आगलागीबाट करिब १ करोड रुपैयाँबराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।

वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाबाट आएका वारुणयन्त्रको सहयोगमा सुरक्षाकर्मी र अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। आगलागी कसरी हुन गएको भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: २३ माघ २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App