१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीन दिनभित्र सहमति गर्न सभामुखको अल्टिमेटम

फाइल तस्बिर ।

काठमाडौं–सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छन्। बिहीबार रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताइन्।

उनले भनिन्, ‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुबीच अझै घनिभूत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु। तीन दिनभित्र पनि दलहरुबीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्छ।’

सभामुखले  अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनकालागि  आफूले निर्देशन दिएको बताइन्।

सभामुखले  अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनकालागि  आफूले निर्देशन दिएको बताइन्।  ‘मैले उहाँहरुलाई राजधानी बाहिर नजानका लागि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्न मैले निर्देशन दिएको छु,’ उनले भनिन्, ‘आशा गरौं यो बीचमा सहमति हुन्छ।’

आगामी बैठकसम्म पनि सहमति नभए एकै दिनमा धेरै पटक बैठक बोलाउने उनले जनाइन्। सहमतिकालागि अहिले दलहरुबीच एक पक्षीय, द्विपक्षीय र बुहपक्षीय वार्ता भैरहेको जानकारी दिँदै उनले भनिन्, ‘मैले उहाँहरुसँग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहाँहरुबीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो।’ संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताइन्।

सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई सबैले गम्भिर रुपमा लिनुपर्ने बताउँदै भनिन्,‘अहिलेपनि सदनमा निर्वाचनसम्बन्धी दुई वटा विधेयक कार्यसूचिमा छन् ।’

प्रकाशित: १४ पुस २०७३ ०९:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App