१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भावी रणनीति तय गर्न मोर्चाको बैठक जारी

फाइल तस्बिर ।

काठमाडौं–प्रमुख तीन दल स्थानीय निर्वाचनमा जान सकारात्मक भएपछि  आफ्नो धारणा बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बसिरहेको छ। तराइ मधेस लोकतान्त्रिक पार्टीका कार्यालय विजुली बजारमा जारी बैठकमा संविधान संशोधन र आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाउन नसकेको भन्दै मोर्चा सरकारसँग असन्तुष्ट बनेको छ। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका नौ विपक्षी दलले लगातार संसद अबरोध गर्दै आएका छन्। तर, प्रमुख तीन दल स्थानीय निर्वाचनमा जाने विषयमा सकारात्मक भएपछि मोर्चाको बैठक बसेको हो। स्रोतका अनुसार बैठकमा सरकारले मधेसका माग सम्बोधन गर्ने विषयमा विश्वस्त हुन नसकिएको भन्दै आगामी आन्दोलनका विषयमा छलफल हुने छ।

प्रकाशित: १४ पुस २०७३ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App