१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एन्जल्स हर्ट च्याम्पियन

काठमाडौं – आयोजक एन्जल्स हर्ट सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ।

मनमैजुस्थित घरेलु कोर्टमा भएको फाइनलमा एन्जल्स हर्टले बिएनएलाई ४७–३२ ले पराजित ग-यो। एन्जल्स हर्टका प्रतीक गौलीले २० अंक जोडे। बिएनएका संयम चापागाईंले १० स्कोर गरे। तेस्रो स्थानका लागि भएको खेलमा गोल्डेनपिकले नेसनल युनाइटेडलाई २८–२१ ले हरायो। गोल्डेनपिकका डेभलप राईले ८ स्कोर गरे।

एन्जल्स हार्टका प्रतीक गौली ‘मोस्ट भेलुएबल प्लेयर’, बिएनएका संयम चापागाईं सर्वाधिक स्कोरकर्ता र एन्जल्स हार्टका रोशन श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ बने। विजेतालाई तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल (धिताल), तारकेश्वर– १० का अध्यक्ष अमृत थापा र एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले पुरस्कृत गरे। माघ १२ गतेदेखि सुरु भएको प्रतियोगितामा २० टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २१ माघ २०७६ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App