१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपिएफ पुरुष फुटबलको फाइनलमा

धरान- सशस्त्र प्रहरीको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअर्न्तगत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। एपिएफले बुधबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा एपिएफले जितका लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो। थप समयको खेलमा युवराज खड्का र नविन लामाले गोल गर्दै एपिएफलाई फाइनल पुर्‍याए। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि ३० मिनेट थप गरिएको थियो। थप समयको १० मिनेटमा रामकुमार कुमालको क्रसमा युवराजले एपिएफलाई अग्रता दिएका थिए। २९ औं मिनेटमा रामकुमारकै पासमा नविनले अर्को गोल थप्दै एपिएफको जित पक्का गरेका थिए। रामकुमार म्यान अफ दि म्याच घोषित भए।

१७ औं मिनेटमा एपिएफका रञ्जन विष्टको क्रसमा हरि कार्कीले हेड गर्न चुक्दा गोल गर्ने अग्रता लिने मौका चुक्यो। २१ औं मिनेटमा नविनको पासमा श्याम नेपाली ‘वन भर्सेस वन’मा चुके।

पाँचौं मिनेटमा नै पुलिसका बुद्ध लामाको प्रहार अकासियो भने सातौं मिनेटमा कप्तान जुमानु राईको प्रहार एपिएफका गोलकिपर अमृत चौधरीले समाते। ८७औं मिनेटमा भोला पासवानको पासमा बिक्रम धिमालको हेड एपिएफका गोलरक्षकले पञ्च गर्दै सुन्दर बचाउ गरे। थप समयको ८ औं मिनेटमा जुमानुको पासमा निरकुमार राईले वन भर्सेस वनमा पनि पोस्ट बाहिर प्रहार गरे।

यसैगरी बुधबारै भएको त्रिभुवन आर्मी र मध्यमाञ्चलबीचको दोस्रो सेमिफाइनल गोलरहित बराबरीमा स्थगित भएको छ। निर्धारित समय र थप समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। तर, अँध्यारो भइसकेकाले आर्मीले टाइब्रेकर खेल्न नमानेपछि निर्णय नभइ खेल स्थगित भयो। आर्मीले टाइब्रेकर खेल्न नमानेपछि बिहीबार पूरा समय खेल गराउने कि सिधै टाइब्रेकर गराउने केहीबेर अन्योल छाएको थियो। बिहीबार बिहान सिधै टाइब्रेकर गर्ने सहमति भएको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए।

बिहीबार टाइब्रेकरबाट खेलको छिनोफानो भएलगत्तै पराजित टिमले दिउँसो २ बजे कांस्य पदकका लागि नेपाल पुलिस क्लबसँग खेल्नुपर्नेछ भने विजेताले शुक्रबार फाइनलमा एपिएफसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १४ पुस २०७३ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App