१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा अध्यक्षद्वारा शिक्षकमाथि दुर्व्यवहार

ओखलढुंगा – ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष दिपहरि राईविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। स्थानीय समेत रहेका कालिका मावि सिस्नेरीमा कार्यरत शिक्षक मिनकुमार घिमिरेले वडा अध्यक्ष राईले आफुमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्।

शिक्षक घिमिरेले स्थानीय सरकारबाट आफू असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दिएको बताए। गत माघ १३ गते राति साढे १० बजे घर फर्कनेक्रममा वडा अध्यक्ष राई र उनका छोरा देवेन्द्रबाबु राईले मोटरसाइकल रोकेर बिच बाटोमा दुव्र्यवहार गर्दै कुटपिट गरेको उजुरीमा उल्लेख छ। नागरिकमाथि दुव्र्यवहार गर्ने जनप्रतिनिधिलाई कारबाही गर्न उजुरीमा माग गरिएको छ।

स्थानीय बलखु माविको विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर वडा अध्यक्ष पक्षले शिक्षक घिमिरेलाई दुव्र्यवहार गरेको आरोप लगाएको छ। विद्यालय व्यवस्थापन समिति चयनका लागि बलखुमा नेपाली कांग्रेस र नेकपाले पार्टीगत प्यानल बनाएर चुनावी प्रतिष्पर्धा गरेका थिए।
 
नेपाली कांग्रेसको पक्षमा जनमत बनाउन डिजाईन गरेको आरोप लगाउदै आफुमाथि दुव्र्यवहार गरेको  शिक्षक घिमिरेले बताए। ‘व्यक्तिगत काम सकेर आफन्तको बाट राति आफ्नो घर फर्कने क्रममा वडा अध्यक्षले मोटरसाईकलको चाबी थुते। उनका छोराले मलाई कुटे।’ शिक्षक घिमिरेले भने,‘कांग्रेसलाई चुनाव जिताउन डिजाईन गरिस् भनेर मलाई यस्तो गरियो। मैले त्यो केही गरेको होइन।’

शिक्षक घिमिरेले आफू आफ्नो परिवार असुरक्षित रहेको भन्दै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा पनि उनले वडा अध्यक्ष र उनका छोरा लाई कारबाहीको माग गर्दै उजुरी दिएका छन्। यस विषयमा वडा अध्यक्ष राईलाई फोन सम्पर्क गरी बुझ्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन।

प्रकाशित: २० माघ २०७६ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App