१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अंग्रेजी नयाँ बर्षका लागि प्रहरीको विशेष सुरक्षा तयारी

काठमाडाैं-अंग्रेजी क्यालेण्डरको नयाँ बर्षमा हुन सक्ने संभावित हुलदंगा र दुर्घटना नियन्त्रण गर्न प्रहरीले विशेष तयारी गरेको छ। राजधानीका तीनवटै महानगरीय प्रहरी परिसरहरुसँग समन्वय गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट विशेष एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी छ।

ट्राफिक प्रहरी महाशाखाको योजनामा उल्लेख छ–‘नयाँ बर्ष शुभारम्भको दिन ९जनवरी एक तारिख० मादक पदार्थ सेवन गरी होहल्ला एवं झै(झगडा गरी सार्वजनिक शान्ति सुरक्षामा प्रतिकुल असर पार्ने, मापसे गरी सवारी साधन चलाउने र आफ्नो तथा अन्य सडक यात्रीहरुको ज्यान समेत जोखिममा पार्नसक्ने अवस्थालाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति लागू गर्नु आवश्यक छ।’

योजनामा छ– ‘नयाँ बर्षको पूर्व सन्ध्यामा आयोजना हुने विविध कार्यक्रमहरुलाई शान्त, मर्यादित एवं सुरक्षित तुल्याउन र सडकमा हुनसक्ने सम्भावित दुर्घटना शुन्य बनाउन विभिन्न ११५ स्थानहरुमा सुरक्षा ड्युटी तथा सवारी साधनहरुको कडाईका साथ चेकजाँच र १५ विशेष अनुगमन तथा चेकिङ ड्युटी खटाउने।’

सडकमा मानिसहरुको चापका कारण सवारी आवागमनमा उत्पन्न हुने समस्यालाई व्यवस्थापन गर्न पार्किङको उचित व्यवस्था गरी सहज एवं सुरक्षित आवागमनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा र तीनवटै महानगरीय प्रहरी परिसरको विशेष एकीकृत सुरक्षा योजना लागू गर्ने निर्णय गरिएको महाशाखाको प्रेस विज्ञप्तिमा उल्लेख छ।

नयाँ बर्षमा हुने सवारी चाप व्यवस्थापन गर्न निम्न स्थानमा पार्किङको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ:

लैनचौर (फुटवल ग्राउण्ड)
नेपाल स्काउट, लैनचौर
महेन्द्र शालिकदेखि दक्षिण गेटसम्म
दक्षिणगेटदेखि जय नेपालसम्म
संग्रहालय उत्तर गेट

प्रकाशित: १३ पुस २०७३ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App