१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जीप दुर्घटनामा १५ किशोरकिशोरी घाईते

खोटाङ–बोलेरो जीप दुर्घटना हुँदा खोटाङमा १५ किशोरकिशोरी घाईते भएका छन्। सिमपानीबाट यात्रु लिएर रसुवाघाट जानेक्रमममा बा १३ च ३६१७ नम्बरको जीप लिच्कीराम्चे–८ अम्बेटारमा दुर्घटना हुँदा १९ वर्षमुनिका १५ किशोरकिशोरी घाईते भएका प्रहरी चौकी सिम्पानीका प्रहरी हवल्दार रामउदगार महतोले बताए।

अनियन्त्रीत भएर जीप दुर्घटना भएको प्रहरी अनुमान छ । बेहोस अवस्थामा उद्धार गरिएका घाइतेमध्ये रेनुका कार्की, मुकेश विश्वकर्मा, किशोर विश्वकर्मा, नवराज घिमिरे, रस्मीता कार्की, लक्ष्मी दहाल र रमिला कार्कीको उदयपुरको गाईघाटमा र भोजराज कार्की, मेजरमान श्रेष्ठ, सरिता राउत, सर्मीला घिमिरे, गिता कार्की र एम्वीन राईको विराटनगरस्थित न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ पुस २०७३ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App