२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भक्तपुरमा फुटवल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुरस्थित ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि यहाँं विभिन्न प्रतियोगिताहरु सुरु भएका छन्। ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि फुटवल र भलिबल (छात्रछात्रा) प्रतियोगिता सुरु भएका हुन्।

प्रतियोगिताको कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे। यो नगरपालिकाबाट सञ्चालित कलेजहरु हुन्। ख्वप मावि, कलेज तथा शारदा क्याम्पस भक्तपुर नगरपालिका वडा नं ६ देकोचोमा रहेका छन्।

कलेजका प्राचार्य रुपक जोशीले वार्षिकोत्वसको रुपमा दौड (छात्रछात्रा), चेस (छात्रछात्रा), टेवलटेनिस (छात्रछात्रा) यसअघि नै सुरु भइसकेको जानकारी गराए। विभिन्न प्रतियोगिता अन्तर्गत कविता अनि शर्टपुर्ट पनि सुरु हुने उनले जानकारी गराए।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख सुवालले नगरपालिकाले शिक्षाका साथै खेलकुद अनि नगरबासीको स्वास्थ्यलाई विशेष महत्व दिएको बताए। त्यसकारण नगरपालिकाले नगरका विभिन्न सार्वजनिक ठाउँंहरुमा निःशुल्क रुपमा व्यायाम गर्न पाउने गरी सर्वसाधारणका लागि व्यायामशाला सञ्चालन गरिराखेको जानकारी दिए।

नगरपालिकाले विभिन्न ठाउँहरुमा राखेका व्यायामशालाहरु अन्तर्गत एउटा ख्वप कलेज परिसरमा पनि छ। यहाँं पनि शिक्षक, विद्यार्थी, कर्मचारीबाहेक सर्वसाधारणले पनि निःशुल्क रुपमा व्यायाम गर्न पाउँंछन्।

 

प्रकाशित: १८ माघ २०७६ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App