१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिमसार दिवसमा जगदीशपुर तालमा चरा महोत्सव हुँदै

कपिलवस्तु- विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमा आइताबार(माघ १९) सिमसार दिवसका अवसरमा चरा महोत्सव हुने भएको छ। जलवायु, सिमसार केसन्द्रत भएर सातौ चरा महोत्सव हुने भएको हो।

२० औं विश्व सिमसार दिवसको अवसरमा जगदिशपुर जलाशयमा सातौं चरा महोत्सव समेत मनाउने भएको छ। जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चको आयोजना डिभिजन वन कार्यालय कपिलवस्तु तथा कपिलवस्तु नगरपालिका वडा नं.९ को सहकार्यमा सिमसार दिवस मनाउन लागेको हो। सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले दिवसको साथै चरा महोत्सव समेत आयोजना गरेको आयोजकले जनाएको छ।

मञ्चका अध्यक्ष ललित गुरुङले सिमसार दिवसका अवसरमा चरा महोत्सवसहित बिबिध कार्यक्रम गरिने बताए। चरा अवलोकनका लागि भ्यू टावरबाट बाईनाकुलरले हेर्न गरी प्रबन्ध मिलाइएको उनले बताए। ‘हामीले पर्यटकहरुका लागि ढुंगामा जलबिहार, र बाईनाकुलरले चरा हेर्न गरी कार्यक्रम अघि बढएका छौ’ उनले भने। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का अधयक्ष शिवबहादुर वाग्लले आफूले सिमसार दिवस र चरा महोत्सवका लागि बिशषेत तयारी गरेको बताए।

सिमसार क्षेत्रहरुमा दुर्लभ चराहरुको पनि वासस्थान रहने गरेको छ त्यसैले संरक्षण र प्रचारको लागि विविध कार्यक्रमको आयोजना गरेको आयोजकको भनाइ छ। दिवसका अवसरमा म्याराथुन दौड, मा.वि.स्तरीय निबन्ध प्रतियोगिता, होमस्टेको लाठि नाँच, मयुर नाँच, स्थानीय कला र भेषभुषा झल्कने सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जानकारी गराएको छ।


 

 

 

प्रकाशित: १८ माघ २०७६ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App