१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रेडक्रसको चितवन बैठकमा ७० लाख झ्वाम

चितवन—नेपाल रेडक्रस सोसाइटीले देशका विभिन्न ठाउँमा सञ्चालन गर्ने स्वास्थ्य सेवा र विपद् व्यवसस्थापनसम्बन्धी दुई परियोजनाको समीक्षा बैठकमा ७० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ। भूकम्पपीडितका नाउँमा आएको सो रकम चितवनको विलाशी होटलमा छुट्टी मनाउने शैलीमा खर्च गरिएको हो। बैठकमा १३० सहभागी रहेको बताइएको छ।

दुवै परियोजनाको बजेट ४८ करोड रुपैयाँ रहेको छ। ‘आकर्षक’ भत्ता सहितका यी कार्यक्रममा नियमनकारी निकाय गृह र स्वास्थ्य मन्त्रालयका अधिकारी पनि सहभाी छन्। उनीहरुलाई प्रतिदिन ५ हजारसम्म विशेष भत्ताको व्यवस्था गरिएको छ।

दुवै परियोजनाको बजेट ४८ करोड रुपैयाँ रहेको छ। ‘आकर्षक’ भत्ता सहितका यी कार्यक्रममा नियमनकारी निकाय गृह र स्वास्थ्य मन्त्रालयका अधिकारी पनि सहभाी छन्। उनीहरुलाई प्रतिदिन ५ हजारसम्म विशेष भत्ताको व्यवस्था गरिएको छ।

देशका ३९ जिल्लामा विपद् व्यवस्थापनका लागि विभिन्न १३ क्षेत्रमा काम भइरहेको छ। ती ठाउँमा भएका कामबारे जानकारी दिन समिक्षा बैठक भइरहेको सभापतति सञ्जिवकुमार थापाले बताए। सौराहाको होटल परिसरभित्रै टेण्ट राखेर नौवटा स्टल निर्माण गरिएको छ। स्टलमा अवलोकनकर्ता छैनन्।

स्वास्थ्यसम्बन्धी तीन दिने बैठक सकिए लगत्तै मंगलबारबाट विपदको दुई दिने बैठक सुरु भएको छ। स्वास्थ्यको बैठक सकिएपछि सोमबार एक दिन आराम गरेर मंगलबारदेखि विपद्को समिक्षा गोष्ठी सुरु भएको हो। गोष्ठीमा स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरु पनि सहभागि रहेको उनले बताए।

नेपाल रेडक्रसकी निर्देशक मोना अर्यालका अनुसार स्वास्थ्य क्षेत्रका लागि रेडक्रसले पाँच वर्षको बजेट १६ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ। त्यस्तै विपदका लागि वार्षिक बजेट ३२  करोड रुपैयाँ रहेको अर्यालको भनाइ छ। अर्यालका अनुसार स्वास्थ्य क्षेत्रको समीक्षा बैठकका लागि २४ लाख रुपैयाँ खर्च भएको थियो। विपद् व्यवस्थापनको समिक्षा बैठकका लागि २८ लाख रुपैयाँ लाग्ने अर्यालले बताइन्।

स्वास्थ्यको समिक्षा बैठकमा सहभागी संख्या १०५ जना थिए। विपद्को क्षेत्रको समीक्षा बैठकमा १४० जना सहभागी छन्। आयोजकले बैठकका सहभागीलाई प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ, स्वयंसेवकलाई १ हजार ५ सय रुपैयाँ भत्ता प्रदान गरेका छन्। सहभागीको होटलको बिल मात्र ३० लाख रुपैयाँ रहेको छ।

बैठकमै सहभागी नेपाल रेडक्रसका बरिष्ठ पदाधिकारीका अनुसार ठूलो रकम खर्च गर्ने उद्देश्यले नै बैठक चितवनको विलाशी होटलमा राखिएको हो। ‘बनेपामा आफ्नै तालिम केन्द्रमा बैठक गर्दा पैसा खर्च नहुने भएपछि चितवन ल्याएको हो’, ती अधिकारीले भने, ‘आफ्नै तालिम केन्द्रमा यो कार्यक्रम राखेको ६० प्रतिशतभन्दा बढी रकम जोगिने थियो।’

पर्यटकीय दृष्टिले अहिले चितवन अफ सिजन हो। ‘यतिबेला यहाँ होटलको कोठा करिब १ हजार ५ सय रुपैयाँमा पाइन्छ। हामीले ४ हजार रुपैयाँ तिरेका छौं’, नेपाल रेडक्रसकै एक अधिकारीले सुनाए। बैठकका लागि काठमाडौं केन्द्रीय कार्यालयबाट यतिबेला सबै ५० कर्मचारी चितवन आएका छन्।

अध्यक्ष थापाले कार्यक्रमका लागि ५२ लाख रुपैयाँ खर्च हुने जानकारी दिए। रेडक्रसकै ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार महँगा रक्सी र खानेकुराको अलग बिल बनाइएको छ। त्यो सहित जोड्दा ७० लाखभन्दा बढी खर्च पुग्छ।

‘हाम्रो काम के कस्तो भयो, आगामी दिनमा कसरी जाँदा राम्रो हुन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम राखेको हो’,  रेडक्रसको विपद् व्यवस्थापन विभागका निर्देशक धर्मराज पाण्डेले भने।

प्रकाशित: १३ पुस २०७३ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App