१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना भाइरस संक्रमण, रुघाखोकी लागे मास्क अनिवार्य

फाइल तस्बिर

काठमाडौं  - कोरोना भाइरस संक्रमणको जोखिम या कुनै पनि फ्लुको संक्रमणबाट बच्न रुघाखोकी लागेका हरेक व्यक्तिले भरपर्दो मास्क लगाउनुपर्ने चिकित्सकको सुझाव छ। यस्ता बिरामीले पटक–पटक हात धुनुपर्ने पनि उनीहरूको सुझबिहीबार सरुवा रोग विशेषज्ञ तथा राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुपराज बास्तोलाले यस्तो सुझाव दिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सञ्चारकर्मीलाई नेपालमा कोरोना भाइरसको अवस्थाबारे जानकारी दिने क्रममा उनले यस्तो सुझाव दिएका हुन्।

चीनमा एक महिनायता फैलिएको नोवल कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न र बचाउन सतर्कता नै भरपर्दो उपाय भएको चिकित्सकको भनाइ छ। रुघाखोकी लागेको व्यक्तिले हाच्छ्यिुँ गर्दा भाइरस अर्को व्यक्तिमा सर्ने हुनाले यसो गर्दा भाइरस संक्रमण रोक्न सकिने चिकित्सकको सुझाव छ। त्यसैगरी रुघाखोकी नलागेका व्यक्तिले पनि सार्वजनिकस्थल, बस, सौचालय प्रयोग गरेपछि राम्रोसित धुँदा कुनै पनि फ्लु तथा नोवल कोरोना भाइरस संक्रमणबाट बच्न सकिने सुझाव दिए।

हालसम्म चीन तथा हङकङबाट आएका ६ जनाको परीक्षण गरिएकोमा एक जनामा मात्र भाइरस पोजेटिभ देखिएको थियो। पोजिटिभ हुनेको परीक्षण हङकङमा गरिएको थियो। बाँकी पाँच जनाको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो। परीक्षण गरिएका सबै जना स्वस्थ भएपछि डिस्चार्ज भएको र अस्पतालमा कुनै पनि बिरामी नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। त्यस्तै कोरोना भाइरस अहिलेसम्म समुदायमा फैलिनसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ।

छोटो अवधिमा कोरोना भाइरसबाट धेरै जना संक्रमित भएको र चीनबाहेकका राष्ट्रहरूमा समेत फैलिसकेकोले सबै जना सचेत हुन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका अनुसार चीनको हुआन प्रान्तमा रहेका एक सय ९० जना नेपाली बिरामीले नेपाललाई उद्धार गर्न आग्रह गरेकाले उनीहरूका बारेमा छलफल भइरहेको छ।

बिहीबार नै विश्व स्वास्थ्य संगठनले इमरजेन्सी घोषणा गरी जेनेभामा बैठक बसिरहेको छ। नेपालमा पनि बिहीबार नै गृह मन्त्रालय, पर्यटन, अध्यागमन विभाग, परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, सेनासहित आकस्मिक बैठक गरेको छ। बैठकले तयारीका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

तिब्बतको केरुङ र तातोपानी नाकाका हेल्थ डेस्कमा औषधि, प्रविधि र विशेषज्ञसहितको टोली पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। टोलीले त्यहाँका स्वास्थ्यकर्मीलाई तालिमसमेत दिनेछन्। यो नयाँ भाइरसको व्यवहार तीव्र संक्रमण हुने प्रकृतिको देखिएकाले सबै सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। ‘नयाँ भाइरसको असर कुन रूपमा रहिरहन्छ भन्ने बारेमा थप कुरा पत्ता लाग्न बाँकी छ, उत्तम उपाय भनेको सर्तक हुनु नै हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिले चिसो मौसम भएकाले रुघाखोकी लाग्दैमा आत्तिनु आवश्यक छैन।’

प्रकाशित: १७ माघ २०७६ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App