१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्रिस गेलले इपिएल खेल्ने

काठमाडौं – चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यानको उपनाम पाएको क्रिस गेल नेपाल आउने भएका छन्।

बिहीबार पोखरा राइनोजले पत्रकार सम्मेलन गरेर आइकोनिक खेलाडीको रूपमा गेललाई अनुबन्धित गर्न लागेको जानकारी गराएको हो। यससँगै युनिभर्सल बोसका नामले समेत परिचित गेल नेपाल आउने पक्कमा भएको हो। ट्वान्टी–२० क्रिकेटमा विस्फोटक ब्याटसम्यानका रूपमा परिचित ४० वर्षीय गेलले वेस्ट इन्डिजबाट ५८ ट्वान्टी–२० क्रिकेट खेलेका छन्।  तीन सय बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेलका अनुभवी गेलले १ सय ३ टेस्ट क्रिकेट खेलेका छन्। यस्तै विभिन्न देशमा आयोजना हुने फ्रेन्चाइज लिगसमेत खेल्दै आएका छन्।

बिहीबार पोखरा राइनोजले आउने जानकारी गराए पनि अनुबन्धन रकमबारे केही खुलाएन्। विभिन्न सहरका ६ क्लबबीच हुने उक्त प्रतिस्पर्धा चैत १ गते देखि १५ गते सम्म आयोजना हुँदै छ। इपिएल खेल्नका लागि मात्र नभई भ्रमण वर्ष २०२० को प्रचारका लागि समेत गेल नेपाल आउनु सकारात्मक कुरा भएको आयोजक एभरेस्ट प्रिमियर लिग प्रालिले जनाएको छ।

प्रकाशित: १७ माघ २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App