१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कार्यालय सहयोगीको आम्दानी ९ करोड !

काठमाडौं- एक सरकारी जागिरमा रहेका कार्यालय सहयोगीले आफ्नो सेवा अवधिमा कति रकम आम्दानी गर्लान्? एक करोड वा त्यो भन्दा बढी। तर मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड भन्दा बढी अबैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अवैध सम्पत्ति आर्जन गरेको कसुरमा विगो ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ कामय गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

बस्नेतले २०४५ साल असोज १९ देखि मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवा शुरु गरेका थिए।  उनले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि आर्थिक वर्ष २०७५।०७६ सम्मको अवधिलाई हेर्दा  पारिश्रमिक, घरजग्गा बिक्री, सवारीसाधन बिक्री,  विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा,  आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गर्दा ७४ लाख ७३ हजार ३ सय ७३ वैध आय देखिएको छ।

उनले अवैध सम्पत्ति आफ्नो तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा दर्ता गरेको देखिएको छ। भ्रष्टाचारको अनुसन्धान गर्ने क्रममा पक्राउ पर्दा उनको साथमा फेला परेको ११ लाखको समेत स्रोत नखुलेको अख्तियारले बताएको छ।

अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती सीता बस्नेत¸ आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरेको छ।

प्रकाशित: १६ माघ २०७६ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App