१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भेट्रान टोली गुवाहाटीतर्फ


काठमाडौं – भारतको गुवाहाटीमा आयोजना हुने छैटौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल च्याम्पियनसिपमा सहभागी हुने २० सदस्यीय नेपाली भेट्रान टोली बुधबार भारत प्रस्थान गरेको छ।

युनाइटेड ब्रदर्स क्लबको आयोजनामा हुने च्याम्पियनसिपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालको तर्फबाट सिएमजी क्लबले सहभागिता जनाउन लागेको हो।  बिहीबारबाट गुवाहाटीमा हुने च्याम्पियनसिपमा भारतका  मनिपुर, कोलकाता, बंगलादेश, नयाँ दिल्लीका क्लबहरूले सहभागिता जनाउँदै छन्। आयोजकले सहभागी १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

नेपालको प्रतिनिधित्व गर्ने सिएमजी समूह ‘सी’ मा रहेको छ। सिएमजी क्लबबाट खेल्ने नेपाली टोलीलाई राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक बालगोपाल महर्जनको कप्तानीमा मैदान उत्रिनेछ। यस्तै सिएमजीको टोलीमा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका पूर्वखेलाडीहरूले पनि सहभागिता जनाउनेछन्।

यसअघि पनि सहभागिता जनाइसकेको नेपाली टोलीले अघिल्ला दुई संस्करणमा अन्तिम चारसम्मको यात्रा तय गर्न सफल भएको थियो। बिहीबारबाट हुने संस्करणमा नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको टोलीका कप्तान बालगोपमा महर्जनले बताए।

‘अघिल्ला संस्करणमा हामीले सेमिफाइनलसम्मको यात्रा तय गरेका थियौं,’ कप्तान महर्जनले भने, ‘यो संस्करणमा टोली पनि राम्रो छ। उपाधिको लक्ष्य राखेका छौं। सिएमजी टोलीलाई बुधबार सिएमजी क्लबका निर्देशक नरेन्द्र शाह, अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह, पूर्वडिआइजी विज्ञानराज शर्मा लगायतले टोलीलाई बिदाइ गरे।

प्रकाशित: १६ माघ २०७६ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App